४ पुस २०८२, शुक्रबार | December 19, 2025

कैलाली भजनीका कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु



नेपालगन्ज । कैलालीको भजनीबाट उपचारकालागि नेपालगन्ज ल्याईएका थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा भजनी ८ कैलालीका ६५ वर्षिय पुरुषको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि गत कार्तिक २२ गतेदेखि होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या देखिएका कारण कार्तिक २८ गते नेपालगन्ज ल्याईएको थियो । भेरी अस्पतालमा उपचारका क्रममा उपचारको क्रममा भेरी अस्पताल नेपालगन्जमा गयराती १०ः५० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)ले जनाएको छ ।

सीसीएमसीका अनुसार मृतकलाई पहिले देखिनै मधुमेह तथा उच्च रक्तचापको समस्या रहेको थियो ।

योसँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ८ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको