१३ श्रावण २०८३, बुधबार | July 29, 2026

गोरखामा एक किलो नुनको मूल्य १५० रुपैयाँ, चामललाई २०० रुपैयाँ



गोरखा । गोरखा भन्ने वित्तिकै आँवुखैरेनी, तुरतुरे वा बेनिघाट पारी हो भन्ने धारणा अधिकांशमा छ । नेपालको चौँथो ठूलो जिल्ला रहेको गोरखा जिल्लामा तराइ, पहाड र हिमाल तिनै प्रकारका हावापानी पाइन्छ ।

गोरखा जिल्लामा एक किलोग्राम नुनको १५० रुपैयाँ र चामलको २०० रुपैयाँ पर्छ भन्दा जो कोही पनि झट्ट विश्वास गरिहाल्दैनन् । तर जिल्ला सदरमुकामदेखि झण्डै १० दिनसम्म खच्चडमा बोकेर पुर्याउनुपर्ने बस्तिहरुमा रहेको मूल्य यही नै हो ।

बजारमा विभिन्न थरिका चामल पाइन्छन थरी थरी मूल्यका । माथिल्लो क्षेत्रमा २०० पर्ने चामल सदरमुकाममा ६० रुपैयाँ प्रतिकिलो पाइन्छ ।

 

दुवानी खर्चका कारण समान महङ्गो

गोरखा जिल्लाको अन्तराष्ट्रिय सिमा नजिक रहेको अन्तिम मानववस्ति भएको लार्के बजारमा हाल रहेको मूल्यसूची यही नै रहेको छ । कोरोना भाइरसका कारण सिमा नाका बन्द भएपछि रुइला नाकाबाट कुनै पनि सामान आउन सकेको छैन । गोरखा सदरमुकामदेखि दुवानी गर्दा महङ्गो पर्न गएको चुमनुब्री गाउँपालिका वडा नम्वर १ का वडा सदस्य समेत रहेका साम्दोका निमा लामा बताउँछन् ।

रुइला नाकाबाट समान ल्याउन एक दिन मात्रै लाग्छ तर गोरखा सदरमुकामबाट साम्दो, लार्केमा समान पुर्याउन ८ देखि १० दिन लाग्ने गरेको खच्चड व्यावसायी कान्छा गुरुङको भनाइ छ । भीरको बाटो जोखिम सहेर हिँड्नुपर्छ । माथिबाट ढुँङ्गा झरिरहन्छ । हिउँ पर्दा र वर्षातको समयमा हिँड्न सक्ने अवस्था हुँदैन, उनले भने ।

 

समान ल्याउन मनाङबाट सजिलो

गोरखा सरदमुकामबाट समान ढुवानी गर्दा धेरै दिन लाग्ने र महँगो पर्ने भएपछि मनाङको धारपानी भीमताङ हुँदै दैनिक उपभोग्य बस्तु ल्याउने गरेको साम्दोका ग्याल्जेन घ्युर्मे लामा बताउँछन् । धारापानी देखि केही माथि सम्म गाडिले ल्याउँछ त्यसपछि खच्चडमा बोकाएर ल्याउँदा दुइ दिनमा साम्दो पुग्ने गरेको उनले बताए ।

तल चल्ने खच्चडहरु माथिल्लो क्षेत्रमा राम्ररी भारी बोक्न पनि कठिनाइ हुने भएकाले भीमताङ, धर्मशाला हुँदै समान ल्याएको उनको भनाइ छ । गाउँलेहरुले हिउँदभरीका लागि चाहिने समान एकैपटक ल्याउने गरेको उनको भनाइ छ । यस पटक पर्यटकहरुको आवागमन नभएका कारण अघिल्लो साल जसरी धेरै समान नआएको उनले बताए ।

 

सरकारले दिने खाद्यान्न माथिल्लो क्षेत्र पुग्दैन

उत्तरी क्षेत्रका नागरिकहरुका लागि खाद्यन्न वितरण गर्न भनेर जिल्ला सदरमुकाम , माछाखोला र सिर्दिवासमा डिपो राखिएको छ । सिर्दिवासमा राखिएको डिपोबाट उत्तरका साविक ७ गाविसमा खाद्यन्न र नुन पुर्याउनुपर्ने भएपनि कोटा प्रणालि भएका कारण माथि नपुग्दै तल्लो क्षेत्रमा नै सकिने गरेको स्थानीयहरुको गुनासो छ ।

सिर्दिवास माथि साम्दो सम्म केन्द्र पर्ने गरी एउटा खाद्यन्न डिपो सञ्चालनमा ल्याउने उनीहरुले पटक पटक माग गर्दै आएका छन् । डिपो सञ्चालन भएपछि सरकारले नुन र चामलका लागि दुवानी अनुदान दिने गर्दछ । सरकारी अनुदानको चामल र नुन प्रोक, ल्हो , सामागाउँ सम्म नपुगेको स्थानीय गाउँलेहरुको भनाइ रहँदै आएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ४ : ०८ बजे

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र

‘Tribute to Gen Z Heroes’ थिमसहित साउन १६ मा काठमाडौं युथ कन्क्लेभ हुँदै

काठमाडौ । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा