१३ श्रावण २०८३, बुधबार | July 29, 2026

नेवार समुदायले यसरी मनाए ‘म्हँ (आत्मा) पूजा’



काठमाडौं । नेपाल तथा बिश्वभरी रहेका नेवार समुदायले आइतबार साँझ एकाघर परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गरेका छन ।

नेवारी भाषामा म्हः भनेको शरीर हो । सम्पूर्ण नेवार समुदायद्वारा मनाइने म्हः पूजा नेपाली पर्वमध्ये विशेष पर्वका रुपमा रहिआएको छ ।

आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको शास्त्रीय पक्ष हो । समग्र देवता ऊर्जा शक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ ।

किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवीक प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको जनधनको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको जन विश्वास रहँदै आएको छ ।

प्रत्येक वर्ष नेपाल संवतअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा नेवार परिवारमा परिवारको मूलीले परिवारका सबै सदस्यहरुको पूजा गरी हाँस वा कुखुराको फूल सगुन चढाइन्छ ।

शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले म्हः पूजाको दिन शरीरलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । यसो गर्दा वर्षभरि चोट नलाग्ने र मन पनि शान्त हुने धार्मिक
विश्वास छ ।

यसरी गरिन्छ म्ह पुजा :

म्हः पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एकरएकवटा मण्डल बनाइँछ । मण्डलामा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा हालिन्छ ।

परिवारका सबै सदस्यलाई पुग्नेबाहेक म्हःपूजा गर्न बस्ने थकालीभन्दा अगाडि सुकुन्दा, त्यसपछि धर्मदूत र अन्त्यमा कर्मदूतको लागि भनेर पनि मन्डला बनाइन्छ । घरमा भएका नाङ्लो, कुचो, जाँतो, घ्याम्पो, घडा आदिका लागि पनि मन्डला बनाइन्छ ।

मन्डलाहरुको अगाडि परिवारको जेठोदेखि क्रमबद्ध भएर परिवारका सबै सदस्य बसेपछि परिवारका मूलीले सबैलाई पूजा गर्दै रातो अक्षताको टीका लगाइदिन्छन ।

काँचोधागोको टुप्पामा बिभिन्न थरिका अन्नपात राखेर रङ्नि कपडामा बेरेर तान्त्रीक बिधिबाट बनेको जनै जस्लाई नेवारी भाषमा जजङ्का भनिन्छ घरमुलीले पहि¥याउंदै बिभिन्न फलफुल र बिबिध परिकारका रोटी कटुस्, बयर, ओखरहरुको समिश्रण भएको फुलले टाउकोबाट ३ पटक सम्म शरिरमा खन्याउंदै सुगुन खाएपछि म्ह पुजा सकिन्छ ।

म्ह पुजामा बिभिन्न खाद्यान्हबाट बनेको समय बजी, परिकार तथा दहि वा ऐला (रक्सी) सगुनकोरुपमा खाने चलन रहँदै आएको छ । अन्य भोजमा जस्तै म्ह पुजामा पनि जेष्ठ सदस्य नउठ्दा सम्म अन्य सदस्यहरु पुजाको आसनबाट उठन नपाउने समुदायमा रिती रहँदै आएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १० : १८ बजे

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन