८ बैशाख २०८१, शनिबार | April 20, 2024

हङकङमा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा आगलागी, ७ जना नेपालीको मृत्यु



काठमाडौं । हङकङमा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा आगलागी हुँदा ७ जना नेपालीको ज्यान गएको छ ।

हङकङको याउमातेइ शहरमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आइतबार राती आगलागी हुँदा कम्तिमा सात जना नेपालीको मृत्यु भएको हङ्कङ् प्रहरीले जनाएको छ।

संघका अनुसार मृत्यु हुनेमा चार पुरुष र तीन महिला छन् । मृतकहरुको यो समाचार तयार पार्दा सम्म सनाखत भइसकेको छैन। मृतकहरु नेपालको बागलुङ जिल्लाका नागरिक भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ ।

आगलागीमा परेर १८ जना घाईते भएकोमा ७ जनाको मृत्यु भएको र २ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

बागलुङ समाजका आजीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आइतबार राती आगलागीको घटना भएको बताईएको छ ।

हङकङको समय अनुसार आइतबार राती करिब ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो।

घटनास्थल नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ ।

 

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  १० : २४ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु