४ जेष्ठ २०८२, आइतबार | May 19, 2025

न पड्के पटका, न बजे देउसी गीत



पोखरा । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष पोखरा र आसपासका क्षेत्रमा तिहारको रौनकता देखिएन ।

विगतमा तिहार सुरु भएसँगै परम्परागत पोसाकसहित निस्कने देउसी भैलो खेल्ने समूहका कारण पोखरामा छुट्टै चहलपहल देखिन्थ्यो ।

यस वर्ष कोरोना महामारी फैलने जोखिमीलाई दृष्टिगत गरी कास्की जिल्ला प्रशासनले देउसी भैलो खेल्नमा रोकसमेत लगाएको थियो ।

बढ्दो जोखिमका कारण सर्वसाधारणमा पनि कोरोनाप्रतिको सजगता देखिएको छ । घरघरमा सामान्य दीपावली गरिए पनि यस वर्ष तिहारको रौनकता नदेखिएको स्थानीय भरतराज पौडेल बताउँछन् ।

विगतमा लुकीछिपी पड्काइने पटकाका आवाज यस वर्ष सुन्न पनि मुस्किल जस्तै बनेको बताउँदै उहाँले कोरोनाको त्राससँगै जुवा तास खेल्ने क्रममा पनि कमी आएको जानकारी दिए ।

घरघरमा सर्वसाधारणले सामान्य रूपमा कुकुर, गाई, गोरुको पूजा गर्नुका साथै भाइटीकाको पनि त्यही रूपमा तयारी गरेका छन् ।

टाढाटाढा रहेका अधिकांश दिदीबहिनी तथा दाजुभाइलाई यस वर्ष कोरोना महामारीका कारण आवतजावत गर्नसमेत असहज भएको भन्दै अर्को वर्ष टीका लगाउने वाचासाथ आ-आफ्नै ठाउँमा बस्नुपर्ने बाध्यता छ ।

फूलमा आत्मनिर्भर बन्दै गएको पोखरामा यस वर्ष कोरोना महामारीका कारण पुष्प व्यवसायीले पनि तिहारलाई अड्कलेर फूल लगाएको यहाँका व्यवसायी बताउँछन् ।

कोरोना महामारी सुरु भएसँगै गरिएको बन्दाबन्दीका कारण औपचारिक सभा समारोह हुन नसकेपछि लगाइएका फूलको समेत खपत हुन नसकेको भद्रकारी नर्सरीका सञ्चालक प्रेमबहादुर रानाले जानकारी दिए । रासस

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ७ : १७ बजे

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली

बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म