२७ श्रावण २०८३, बुधबार | August 13, 2026

सीमा नाका खोल्न माग गर्दै शान्तिपूर्ण विरोध



सर्लाही । सर्वपक्षीय जिल्ला सङ्घर्ष समितिको आयोजनामा सर्लाही सदरमुकाम मलङ्गवास्थित गोरखकाली नेपाल-भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ ।

सरकारले कोरोना भाइरसको बहाना बनाएर विगत आठ महिनादेखि जारी राखेको सीमा नाका बन्दको विरोधमा धर्ना कार्यक्रम गरिएको जिल्ला सङ्घर्ष समिति सर्लाहीले जनाएको छ ।

सोमबार जिल्ला समन्वय समितिको आयोजनामा बसेको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमण नियन्त्रणका लागि नेपाल-भारत सीमा नाका लामो समयदेखि बन्द रहेका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै सीमा नाका खुलाउन आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलङ्गवा गोरखकाली सोनवरसा (भारततर्फ) जाने बाटोमा मङ्गलबार र बुधबार ११ बजेदेखि १ बजेसम्म धर्नामा बस्ने निर्णय गरेको थियो ।

धर्नापश्चात पनि सीमा नाकाहरु खुला नगरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय भएको जिसस सभापति चौधरीले बताए । सरकारले समयमै सीमा नाका नखोले छठ पर्व सकिएपछि थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने सभापति चौधरीले बताए ।

मुख्य नाका सरकारले औपचारिकरूपमा नखोलिदिएसम्म सर्लाही भन्सार कार्यालयसमेत बन्द रहने उनको भनाइ थियो । सीमा नाका सिल भएका कारण स्थानीयस्तरमा हजारौँ नागरिक प्रभावित भई गरिबी, भोकमरी र व्यापक बेरोजगारी बढेको प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद कुशवाहाले बताए ।

निश्चित मापदण्ड पूरा गरी कोरोना भाइरस परीक्षण डेस्क र सुरक्षा जाँच सञ्चालनमा ल्याई समयमै सीमा नाका खोल्न सङ्घीय सरकारसँग पटकपटक गुहार गरे पनि सरकारले समस्या समाधानका लागि कुनै पहल नगरेको उनले बताए । रासस

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ६ : ५७ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको