२३ चैत्र २०८२, सोमबार | April 6, 2026

किस्ट अस्पताल ललितपुरमा कोरोना संक्रमित महिलाको मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट ललितपुरमा एक महिलाको मृत्यु भएको छ ।

संक्रमणबाट किस्ट अस्पताल ग्वार्कोमा बुधबार बिहान ललितपुर महालक्ष्मीस्थानकी ७० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या भएपछि उनी गत कात्तिक २७ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

सोही दिन किस्ट अस्पतालमै स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै कोभिड आईसीयूमा राखेर उनको थप उपचार थालिएको थियो ।

ती महिलाको बुधबार बिहान २ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । पाठकका अनुसार उनमा पुरानो दमको समस्यासमेत थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : २४ बजे

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना

सत्तापक्ष र प्रतिपक्षको एकै स्वर – वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती