२ चैत्र २०८२, सोमबार | March 16, 2026

रुपन्देहीमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु, बुटवल-७ का ४० वर्षीय पुरुषको कोरोना बिशेष अस्पतालमा मृत्यु



बुटवल । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत बुटवल ७ का एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गत कार्तिक २६ गते देखि उपचाररत बुटवल उपमहानगरपालिका ७ का ४० वर्षीय पुरुषको आज बिहान ८ः३० बजे मृत्यु भएको हो ।

कार्तिक २६ गते स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रदेशिक अस्पताल पुगेका उनीमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकै दिनबाट कोरोना बिशेष अस्पतालमा भर्ना भई उपचाररत उनको बिहान ८ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

मृतकमा कोरोना भाइरसको गम्भीर संक्रमण सहित अत्याधिक मोटोपनाको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

आज मृत्यु भएसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९ पुगेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : २३ बजे

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम