२१ मंसिर २०८२, आइतबार | December 7, 2025

धान राख्ने जुटको बोरा अभाव भएपछि धान खरिद रोकियो



टीकापुर । कैलालीको खरिद गरिएको धान राख्ने जुटको बोरा अभाव भएपछि धान खरिद रोकिएको छ ।

खाद्य व्यवस्था तथा कम्पनीले टीकापुरको खरिद केन्द्रबाट कात्तिक २८ गतेसम्म धान खरिद गरेको थियो । सोही दिनदेखि बोरा अभाव भएको भन्दै कम्पनीले धान खरिद गरेको छैन ।

धान राख्ने बोरा अभाव भएकाले बोरा व्यवस्थापन गरेर केही दिन ढिलाइ गरी पुनः खरिद सुरु गर्ने टीकापुर खरिद केन्द्रका प्रमुख चेतमान कठायतले जानकारी दिए । “हामीसँग भएका सबै बोरा सकिएका छन्, धान खरिद गरेपछि केमा राख्ने? समस्या भएर केही दिन रोकेका हौँ,” कठायतले भने, “बोरा व्यवस्थापन गर्दै छौँ, केही दिनमा फेरि सुरु गर्छौँ ।”

टीकापुरमा कात्तिक १८ गतेदेखि खरिद सुरु गरेको खाद्य व्यवस्था तथा कम्पनीले टीकापुर-१ को खाद्य गोदाम र वडा नं ४ को मौरनियाबाट धान खरिद गरिरहेको छ । टीकापुरको खाद्य गोदाममा भण्डारण गर्ने ठाउँ नहुँदा अहिले मौरनियाबाट धान खरिद भइरहेको उनी बताउँछन ।

“मौसमसँगै बोराको व्यवस्थापन भए आउँदो आइतबारदेखि मौरनियाबाट धान खरिद सुरु हुन्छ,” कठायत भन्छन्, “कम्पनीले यस आर्थिक वर्षमा कैलालीका विभिन्न चार स्थानबाट ६२ हजार क्विन्टल धान किसानबाट खरिद गर्ने लक्ष्य राखेर खरिद सुरु गरेको हो ।”

कम्पनीले टीकापुरबाट अहिलेसम्म आठ हजार क्विन्टल धान खरिद गरिसकेको छ । कम्पनीको लक्ष्यअनुरुप किसानबाट केन्द्रमा धान आउञ्जेल किसानको धान खरिद गरिने उनले बताए । खाद्य व्यवस्था तथा कम्पनीले प्रतिक्विन्टल मोटा धान दुई हजार ७३५ रुपैयाँ र मध्यम धान दुई हजार ८८५ रुपैयाँमा खरिद गरिरहेको छ ।

कम्पनीले धान खरिद गर्ने स्थानमा दैनिक सयौँ साधन धान बिक्रीका लागि लाइनमा बसेका हुन्छन् । बिहानै ४ बजेदेखि धान बिक्रीका लागि किसानको लाइन लाग्ने गरेको छ । उचित मूल्य पाएपछि लाइनमा बसेका किसानले धान बेच्न नपाउँदा भने दिक्क भएका छन् ।

“गाउँ तथा बजारमा रहेका गल्लामण्डीमा मूल्य पाइँदैन, त्यहाँ दुई हजारदेखि दुई हजार ५०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ,” स्थानीय किसान बन्धुराम चौधरी भन्छन्, “यहाँ उचित मूल्य पाइन्छ भनि मैले धान बेचेको छैन । मजस्ता धेरै किसानले बिक्री गर्न पाएका छैनौँ ।”

किसानले धानको बिक्री मूल्य उचित पाउँदा यस वर्ष सरकारी खरिद केन्द्रमै धान बेच्ने गरेका हुन् । “धानको लागतअनुसारको उचित मूल्य पाउँदा हामी खुसी भएका छौँ तर रातदिन लाइनमा बसेर तोकिएको खरिद केन्द्रमा धान बेच्न कठिन भएको छ,” जानकी-६ का किसान सन्देश विक भन्छन्, “धान बेच्ने किसानको लर्को नसकिँदै अहिले धान खरिद बन्द भएको छ । गाउँतिरका किसानले पनि यस वर्ष उचित मूल्य पाइन्छ भन्दै धान बिक्री गरेका छैनन् ।”

किसान विक खरिद केन्द्रले खरिद गर्ने ठाउँ बढाएर भए पनि किसानलाई सहज धान बिक्री गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताउँछन् । “अहिले दुई ठाउँबाट खरिद गर्न थालिएको छ । थप दुई ठाउँ थपेर धान खरिद गरिनुपर्छ,” उनले भने, “कैलाली धानखेतीका लागि उर्वरभूमि हो । उचित मूल्य पाएमा कृषिमा थप आकर्षण बढ्छ ।” रासस

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १० : १४ बजे

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब

आजबाट आइसीपी नेपालगन्जमा मूल्यांकन डाटाबेस प्रणाली संचालन

नेपालगन्ज । आइसीपी नेपालगन्जमा आजबाट मूल्यांकन डाटाबेस प्रणाली संचालनमा ल्याइएको

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ

कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको