१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेकपा सचिवालय बैठक सुरु, राष्ट्रपतिको प्रेसरमा प्रधानमन्त्री ओली बैठकमा सहभागी



काठमाडौं । नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।  बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी भएका छन् ।

प्रचण्ड समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि प्रधानमन्त्री ओली अन्ततः बैठकमा सहभागी भएका हुन । स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले राष्टपतिलाई भेटेपछि सचिवालय वैठकमा बस्न तयार भएको बुझिएको छ ।

यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओली चिढिएका थिए भने उनले आजको बैठक नबस्न सुझाव दिदै आएका थिए । स्रोतका अनुसार सचिवालय बैठक केहीबेर बसेर स्थगित गर्ने गरी तयारी भएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग १८ घण्टाको बीचमा दुई पटक भेट गरेका छन् । मंगलवार मध्यरातमा राष्ट्रपति भण्डारीलाई भेट गरेका ओलीले आज पनि राष्ट्रपतिलाई शितल निवासमा पुगेर भेट गरेका हुन । पार्टीभित्र महासंकट देखिएको अवस्थामा प्रधानमन्त्रीको तारन्तार राष्ट्रपतिसँग भैरहेको भेटलाई अर्थपूर्ण मानिएको छ ।

नेकपाको विवादबारे चासो राख्दै राष्ट्रपति भण्डारीले मंगलबार साँझ अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेर ओलीसँग मिल्न सुझाव दिएकी थिइन ।

ओलीले आज दिउँसो १ बजे बोलाइएको पार्टी सचिवालय बैठक स्थगित गर्नुपर्ने अडान राख्दै आएका छन् भने प्रचण्डसहितका सचिवालयका बहुमत सदस्यहरुले निर्धारित समयमै बैठक बस्नुपर्ने बताएका छन् । पार्टीभित्रको सबै विवाद, अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि बैठकमा छलफल गर्नुपर्ने प्रचण्ड पक्षीय नेताहरुको माग छ । ओलीले भने प्रचण्डको राजनीतिक प्रस्ताव झुठको पुलिन्दा भएको भन्दै त्यसलाई अस्वीकार मात्रै गरेका छैनन्, त्यो फिर्ता नभएम्म बैठक बस्न नसक्ने जिकिर गरेका छन् ।

प्रधानमन्त्री ओलीले बैठक छल्नैका लागि दिउँसो १ बजे नै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका थिए । यद्यपी, ओलीले मन्त्रिपरिषद् बैठक १ घण्टा पर सारेका छन् । बैठक सारेपछि सचिवालय बैठक बस्ने भएको छ ।

महासचिव विष्णु पौडेलले अध्यक्ष प्रचण्डलाई फोन गरेर ओली बैठकमा उपस्थित हुनेबारे जानकारी गराएका छन् । सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक राख्दा सन्देश गलत जाने भएका कारण बैठक सार्न उनी निकट नेताहरुले सुझाव दिएका थिए । नेकपा प्रवक्ता नारायणकाजि श्रेष्ठले पनि बैठक पूर्वनिर्धारित समय दिउँसो १ बजे बालुवाटारमै बस्ने जनाएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १ : ०३ बजे

चार दिनदेखि कालीगण्डकी करिडोर बन्द

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक

काठमाडौँ-तराई द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा सेना

काठमाडौँ । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट

पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र ‘नमेटिने घाउ’ को आफ्नो दृश्यको डबिङ

काठमाडौं । चलचित्र “नमेटिने घाउ’’ मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधव

शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र