३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नेकपा सचिवालय बैठक सुरु, राष्ट्रपतिको प्रेसरमा प्रधानमन्त्री ओली बैठकमा सहभागी



काठमाडौं । नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।  बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी भएका छन् ।

प्रचण्ड समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि प्रधानमन्त्री ओली अन्ततः बैठकमा सहभागी भएका हुन । स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले राष्टपतिलाई भेटेपछि सचिवालय वैठकमा बस्न तयार भएको बुझिएको छ ।

यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओली चिढिएका थिए भने उनले आजको बैठक नबस्न सुझाव दिदै आएका थिए । स्रोतका अनुसार सचिवालय बैठक केहीबेर बसेर स्थगित गर्ने गरी तयारी भएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग १८ घण्टाको बीचमा दुई पटक भेट गरेका छन् । मंगलवार मध्यरातमा राष्ट्रपति भण्डारीलाई भेट गरेका ओलीले आज पनि राष्ट्रपतिलाई शितल निवासमा पुगेर भेट गरेका हुन । पार्टीभित्र महासंकट देखिएको अवस्थामा प्रधानमन्त्रीको तारन्तार राष्ट्रपतिसँग भैरहेको भेटलाई अर्थपूर्ण मानिएको छ ।

नेकपाको विवादबारे चासो राख्दै राष्ट्रपति भण्डारीले मंगलबार साँझ अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेर ओलीसँग मिल्न सुझाव दिएकी थिइन ।

ओलीले आज दिउँसो १ बजे बोलाइएको पार्टी सचिवालय बैठक स्थगित गर्नुपर्ने अडान राख्दै आएका छन् भने प्रचण्डसहितका सचिवालयका बहुमत सदस्यहरुले निर्धारित समयमै बैठक बस्नुपर्ने बताएका छन् । पार्टीभित्रको सबै विवाद, अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि बैठकमा छलफल गर्नुपर्ने प्रचण्ड पक्षीय नेताहरुको माग छ । ओलीले भने प्रचण्डको राजनीतिक प्रस्ताव झुठको पुलिन्दा भएको भन्दै त्यसलाई अस्वीकार मात्रै गरेका छैनन्, त्यो फिर्ता नभएम्म बैठक बस्न नसक्ने जिकिर गरेका छन् ।

प्रधानमन्त्री ओलीले बैठक छल्नैका लागि दिउँसो १ बजे नै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका थिए । यद्यपी, ओलीले मन्त्रिपरिषद् बैठक १ घण्टा पर सारेका छन् । बैठक सारेपछि सचिवालय बैठक बस्ने भएको छ ।

महासचिव विष्णु पौडेलले अध्यक्ष प्रचण्डलाई फोन गरेर ओली बैठकमा उपस्थित हुनेबारे जानकारी गराएका छन् । सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक राख्दा सन्देश गलत जाने भएका कारण बैठक सार्न उनी निकट नेताहरुले सुझाव दिएका थिए । नेकपा प्रवक्ता नारायणकाजि श्रेष्ठले पनि बैठक पूर्वनिर्धारित समय दिउँसो १ बजे बालुवाटारमै बस्ने जनाएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १ : ०३ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन