१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

गण्डकी प्रदेशमा ५८ जना कोरोना सङ्क्रमित थपिए, तीनको मृत्यु



पोखरा । गण्डकी प्रदेशमा आज ५८ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका ४६ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिका–३ का ८३ वर्षीय पुरुष र पोखराकै वडा नं १७ का ७८ वर्षीय महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १२७ पुगेको छ ।

आज थपिने सङ्क्रमितमा सबैभन्दा बढी कास्कीका ३८, स्याङ्जाका नौ, तनहुँका पाँच, म्याग्दी र गोरखाका तीन/तीन जना छन् । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या १० हजार ५४८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : ३२ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर