१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

स्पाईनल मस्कुलर अट्रोफीपीडित बालिकालाई गल्कोट समाज जापानको सात लाख बढी सहयोग



जापान । मानवीय सेवामा सधै अग्रस्थानमा रहदै आएको गल्कोट समाज जापानले स्पाईनल मस्कुलर अट्रोफी पीडित बालिका सियोना श्रेष्ठको उपचारमा आर्थिक सहयोग गरी अर्को एक उदाहरणीय कार्य गरेको छ।

नवलपरासीको रामग्राम २ घर भएका डा.सन्दीप श्रेष्ठ र नर्स एलिना श्रेष्ठकी १० महिनाकी छोरी सियोना श्रेष्ठ संसारमा विरलै देखिने स्पाईनल मस्कुलर अट्रोफी नामक रोगबाट ग्रस्त भएकी छन्।

विश्वका अन्य देशमा समेत उपचार असम्भव जस्तै भएको यो रोगको अमेरिकामा मात्रै उपचार सम्भव छ। उक्त रोगको उपचारका लागि करीब २१ लाख अमेरिकी डलर अर्थात नेपाली करीब २५ करोड खर्च लाग्ने परिवारको जानकारीसॅगै यो अभियान संचालन गरेको गल्कोट समाज जापान विपत तथा मानवीय सेवा विभाग संयोजक रत्नसिंह बस्नेतले जानकारी दिए।

नेपालीहरु एक अर्काको दुखमा संसारको जुन सुकै कुनामा भए पनि हातेमालो गरेर एकअर्काको दुख पार लगाउन सधै तत्पर रहन्छौ भन्ने प्रमाणित गर्दै यस गल्कोट समाज जापानले पनि सियोना श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान संचालन गरेको थियो ।

समाजको यस अभियानमा छोटो समयमा सात लाख त्रिसठ्ठी हजार, तीन सय सतसठ्ठी नेपाली रुपैया संकलन भएको थियो।

संकलित रकम नेपाल हस्तान्तरण गरी सकेको समाजले जानकारी दिएको छ भने सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : ३८ बजे

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त