७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

बैतडीमा धान र मकै उत्पादन बढ्यो, दलहनको उत्पादनमा कमी



बैतडी । बैतडीमा यस बर्ष खाद्यबालीको उत्पादनमा वृद्धि भएको छ भने दलहन बालीमा कमी आएको छ ।

गत वर्षभन्दा यो वर्ष खाद्यबालीको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकै यो वर्ष २० हजार १५९ मेट्रिक टन उत्पादन भएको छ ।

गत वर्ष मकै १९ हजार ७६४ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । जिल्लाको १२ हजार ३०० हेक्टर क्षेत्रफलमा मकै खेती गरिन्छ ।

त्यस्तै यस वर्ष धानबाली उत्पादनमा पनि वृद्धि भएको छ । गत वर्ष १७ हजार १९० मेट्रिक टन उत्पादन भएको धान यो वर्ष बढेर १८ हजार ४९ मेट्रिक टन पुगेको छ । बैतडीको नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ ।

जिल्लाका सबैजसो ठाउँमा मकै खेती गरिन्छ भने पाटन, हाट, सलेना, सूर्नयालाई धान खेतीको पकेट क्षेत्रका रूपमा चिनिन्छ । यो वर्ष किसानले उन्नत जातको बिउको प्रयोग गरेकाले खाद्यबालीको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

योभन्दा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको भए पनि जङ्गली जनावरका कारण उत्पादनमा केही कमी आएको बताइएको छ । त्यसैगरी बैतडीमा यो वर्ष दलहन उत्पादनमा कमी आएको छ ।

यस बर्ष भटमास र मासको उत्पादनमा कमी आएको हो । यो वर्ष भटमास एक हजार ३६५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । गत वर्ष भटमास एक हजार ४३३ मेट्रिक टन उत्पादन भएको थियो । बैतडीको एक हजार ३६५ हेक्टर क्षेत्रफलमा भटमास खेती गरिँदै आएको ज्ञान केन्दका निमित्त प्रमुख चन्दले जानकारी दिए ।

त्यस्तै यस वर्ष ३१९ मेट्रिक टन मास उत्पादन भएको छ । गत वर्ष ३५२ मेट्रिक टन मास उत्पादन भएको थियो । जिल्लाको ४१० हेक्टर क्षेत्रफमा मास खेती गरिन्छ । यो वर्ष बढी वर्षा भएकाले दलहन उत्पादनमा कमी आएको निमित्त प्रमुख चन्दले बताए । रासस

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ७ : ५८ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का