१८ माघ २०८२, आइतबार | February 1, 2026

पोखराका विभिन्न अस्पतालमा दुई महिलासहित तीन जना कोरोना संक्रमितको मृत्यु



पोखरा । पोखरामा उपचार गराइरहेका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखराका विभिन्न अस्पतालमा उपचार गराइरहेका कास्कीका दुई जना र लमजुङका एक जना व्यक्तिको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक एकजना कोरोना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जनाएका छन् ।

गण्डकी मेडिकल कलेजमा पोखरा महानगरापालिका वडा नं. १७ की ७५ वर्षीया वृद्धाको बिहीबार बिहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको छ । गत कात्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएकी ती वृद्धा निमोनिया, मधुमेह र हाइपरटेन्सनसम्बन्धी रोगबाट पनि ग्रसित भएको प्रवक्ता शर्माले जनाएका छन् ।

यसैगरी फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा पोखरा महानगरपालिका–९ की ८३ वर्षीया वृद्धाको बिहीबार बिहान ७ः३० बजे मृत्यु भएको हो । कात्तिक २५ गते कोरोना संक्रमण पुष्टी भएकी ती महिलालाई पनि श्वासप्रश्वास, निमोनिया र हाइपरटेन्सनसम्बन्धी रोगको समस्या रहेको शर्माले उल्लेख गरेका छन् ।

यस्तै, लमजुङको बेशिसहर नगरपालिका वडा नं. ५ का ७१ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार साँझ ६ बजेर ४५ मिनेटमा मृत्यु भएको छ । निमोनिया र एक्युट हेपाटाइटिस लगायतका समस्याबाट ग्रसित ती वृद्ध पुरुषलाई गत २८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता शर्माले जनाएका छन् ।

प्रवक्ता शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ६६४ पुगेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  २ : १७ बजे

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका