६ बैशाख २०८१, बिहिबार | April 19, 2024

नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई दियो सातवटा भेन्टिलेटर



काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ को रोकथाम र उपचारका लागि सात भेन्टिलेटर उपलब्ध गराएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई रेडक्रस सोसाइटीको कार्यवाहक अध्यक्ष शर्मिला कार्कीले उक्त भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा मन्त्री ढकालले कोभिड–१९ को उपचारका लागि स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताए ।

उनले सबै क्षेत्रबाट कोभिड–१९ को विरुद्धमा सहयोग प्राप्त भएकाले सहजै सफलता प्राप्त गर्ने बताए । मन्त्रालयले प्राप्त भएका सामग्री पारदर्शी ढङ्गले वितरण गरिने बताए । सङ्क्रमितको बढी भएका भएका अस्पतालमा भेन्टिलेटर उपलब्ध गराउने उनको भनाइ थियो । मन्त्री ढकालले खोप ल्याउन सहज होस् भनेर सरकारले अध्यादेशसमेत ल्याएको जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार कोभिड–१९को विरुद्धको खोप उपलब्धता सहज बनाउन औषधि ९तेस्रो संशोधन० अध्यादेश, २०७७ जारी गर्नुभएको थियो । उनले कोभिड–१९ विरुद्ध बनेको खोप उत्पादन गरेर वैधानिकता पाउँदा अन्य देशका नागरिकले खोप पाएसँगै नेपाली नागरिकले सहज तवरले पाउने गरी अध्यादेश ल्याइएको बताए । रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष कार्कीले सामाजिक सङ्घसंस्थाले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारसँग हातेमालो गरेर काम गरिरहेको बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ७ : ५५ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी