२५ असार २०८३, बिहिबार | July 9, 2026

नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई दियो सातवटा भेन्टिलेटर



काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ को रोकथाम र उपचारका लागि सात भेन्टिलेटर उपलब्ध गराएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई रेडक्रस सोसाइटीको कार्यवाहक अध्यक्ष शर्मिला कार्कीले उक्त भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा मन्त्री ढकालले कोभिड–१९ को उपचारका लागि स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताए ।

उनले सबै क्षेत्रबाट कोभिड–१९ को विरुद्धमा सहयोग प्राप्त भएकाले सहजै सफलता प्राप्त गर्ने बताए । मन्त्रालयले प्राप्त भएका सामग्री पारदर्शी ढङ्गले वितरण गरिने बताए । सङ्क्रमितको बढी भएका भएका अस्पतालमा भेन्टिलेटर उपलब्ध गराउने उनको भनाइ थियो । मन्त्री ढकालले खोप ल्याउन सहज होस् भनेर सरकारले अध्यादेशसमेत ल्याएको जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार कोभिड–१९को विरुद्धको खोप उपलब्धता सहज बनाउन औषधि ९तेस्रो संशोधन० अध्यादेश, २०७७ जारी गर्नुभएको थियो । उनले कोभिड–१९ विरुद्ध बनेको खोप उत्पादन गरेर वैधानिकता पाउँदा अन्य देशका नागरिकले खोप पाएसँगै नेपाली नागरिकले सहज तवरले पाउने गरी अध्यादेश ल्याइएको बताए । रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष कार्कीले सामाजिक सङ्घसंस्थाले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारसँग हातेमालो गरेर काम गरिरहेको बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ७ : ५५ बजे

‘बालेनको पुलिस होइन’ भन्ने डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए

धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइनौं’ भन्ने

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट । देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका-३३ मा निर्माण सम्पन्न भएको २२

भेरी-बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत । राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने