२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

अछाम र दाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु



नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट बिहिबार बाँकेमा थप दुई जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट बिहिबार बिहान तुलसीपुर उपनहानगरपालिका वडा नम्बर ६, बरुवागाउँ दाङका ८१ बर्षिय पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा बिहान ३:३० बजे र टुर्माखाड गाउपालिका ३, भैरबस्थान, अछामका २५ बर्षीय युवाको साझ ५:१० बजे मृत्यु भएको हो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार दाङका पुरुषको कोरोनाको आशंकामा कात्तिक २८ गते स्वाव संकलन गरी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको र सोही दिन आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपश्चात उनलाई उपचारका लागि २८ गते साँझ भेरी अस्पताल नेपालगन्जमा ल्याई भर्ना गरिएको थियो ।

अस्पतालको कोभिड-१९ आइसोलेसन वार्डमा भर्ना भएका उनलाई सम्पुर्ण विधि अपनाएर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआई बिग्रदै गएपछि बिहिबार बिहान ३:३० बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको कोभिड फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै भिरबाट खसेर टाउकोमा चोट लागि गम्भिर घाइते भइ उपचारका लागि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएका अछामका २५ बर्षीय पुरुषको ३० गते पिसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाइ अस्पतालको कोभिड-१९ आइसोलेसन वार्डमा भर्ना गरी उपचार भइ रहेको उनको सम्पुर्ण विधि अपनाएर उपचार गर्दै गर्दा बिहिबार साझ ५:१० बजे मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

यो संगै बाँकेमा उपचारका क्रममा जिल्ला बाहिरका ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ८ : २९ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात