२९ भदौ २०८३, सोमबार | September 14, 2026

गोलभेँडाको भाउ दोब्बर पाउँदा किसान खुशी नहुने कुरा भयो र ! किसानमारा बिचौलियाले तेब्बर भाउ खाएकै छन्…



धादिङ । गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका–४ गौँथलेका किसान निरास थिए । लगानी समेत उठाउन धौ धौ हुँदा डराइडराइ तरकारी खेती गरेका उनीहरु यसपालि गोलभेँडाको दोब्बर मूल्य पाउँदा दङ्ग छन् । वातावरण अनुकूल हुँदा उत्पादन पनि झण्डै दोब्बर नै भएको किसान सुनाउँछन् ।

गोलभेँडाले नसोचेको भाउ पाउँदा माथिल्लो गौथलेका ४७ वर्षीय कुलबहादुर थापामगरलाई खुशीको सीमा छैन । झण्डै दुई रोपनीमा खेती गरेका उनी थली बारीमा वृद्ध आमा र बालबालिकाको साथमा गोलभेँडा टिप्दै थिए । “यसपालि राम्रो भाउ पायो, प्रति किलो पचासबाट उँधो झरेकै छैन, किलोको सत्तरी/असीसम्म आएको छ, धेरै खुशी छौँ ”, गोलभेँडा टिपेर डालोमा राख्दै उनले भने, “पोहरको तुलनामा दोब्बर फलेको छ, भाउ पनि राम्रो छ ।”

गौँथले गाउँका रातमाटे पाटा अहिले लटरम्म गोलभेँडाले भरिएको छ । उहाँको बारीमा एक खेपमा २० क्रेट गोलभेँडा उत्पादन हुन्छ । त्यसैले गत वर्ष भाउ नपाएर निरास किसानको मुहार उज्यालिएको प्रष्ट झल्किन्छ ।

कुलबहादुरले पोहोर झण्डै रु एक लाख बुझेका थिए । त्यही जमिनमा यसपालि तीन छिमल टिप्दैमा रु एक लाख ५० हजार कमाइ भइसक्यो । अझै राम्रो फलेकाले दुई लाख आउँछ भन्नेमा उनी ढुक्क छन् । कोभिड–१९ ले बाहिरबाट आयात नहुँदा भाउ आएको किसानको अनुमान छ ।

गोलभेँडामात्रै होइन गाउँमा काउली, बन्दा, बोडी, मास, भटमास, कोदो पनि फल्छ । बस्तुभाउ बाख्रा पालनसमेत छ । उनको मास झण्डै दुई मुरी र धटमास एक मुरी उत्पादन हुन्छ । बीस वर्षदेखि तरकारी खेतीमा आबद्ध कुलबहादुर पहिलेको जस्तो दुःख नहुने सुनाउछन् । उनी भन्छन्, “शुरुमा डोकोमा बोकेर मलेखु/सलाङ्घाट झारेर काठमाडौँ पठाउने गरिन्थ्यो, अहिले घरमै गाडी आउँछ ।”

मलेखुबाट त्रिशूली तरेपछि गाडीमा झण्डै एक घण्टाको कच्ची सडकको उकालो लागेपछि माथिल्लो गौथले आइपुग्छ । तल्लो र माथिल्लो गौथलेमा राम्रो तरकारी खेती हुन्छ । यहाँको मौसम चिसो हुँदा उत्पादित तरकारीको स्वाद बेग्लै हुन्छ । किसान एउटै समस्या सिँचाइको अभाव रहेको बताउँछन् ।

कुलबहादुरले मात्रै तरबारी र पशुपालनबाट वार्षिक रु आठ/दश लाख कमाइ गर्ने गरेको सुनाए । विदेश जाने युवालाई नजान अनुरोध गर्ने उहाँ भन्नुहुन्छ, “गरेदेखि यहीँ छ, अल्छी मान्नुभएन पसिना विदेश गए पनि चुहाउनै पर्छ, आफ्नै भूमिका त्यही पसिना चुहायो भने सुन फल्छ ।”

यस गाउँमा मगर जातीको मात्रै ३२ घर छ । सबै तरकारी खेतीमा मग्न छन् । अन्य समुदायको पनि पेशा खेती किसानी नै हो । छिमेकी लोकीमाया मगर पनि गोलभेँडा टिपेर बेच्न मै व्यस्त छन् । कति रोपनीमा गोलभेँडा रोपेको यकिन गर्न नसक्ने उहाँ दुई हलको मेलोमा छ भन्नुहुन्छ । दुई क्विन्टलभन्दा बढी गोलभेँडा फलाउछन । यसपालि राम्रो भाउ पाएकोमा उहाँ पनि फुरुङ्ग छन् । गोलभेँडा बेच्ने तर्खर गर्दै गरेका अर्का किसान गुञ्जबहादुर मगर विगतको भन्दा भाउ राम्रो आएकोमा खुशी छन् ।

सिद्धलेख–४ का वडाध्यक्ष रामहरि बराकोटी पैसा कुलिचिएर बसेको छ, टिप्न खोज्दैनन्, पैसा फल्छ झैँ गरेर विदेश जान्छन्, गरे यहीँ छ भन्नुहुन्छ । गाउँका किसानले गरेको कमाइले पनि यो कुरा प्रष्ट पार्छ ।

उनका अनुसार वडामा ७७५ घरधुरी रहेको छ । त्यसमा ९० प्रतिशत कृषि, १० प्रतिशत वाह्य रोजगारी र केही अन्य व्यवसायमा आबद्ध छन् । गोलभेँडा, काउली, बन्दा, घिउसिमी, बोडी, पशुपालन रहेको मुख्य पेशा हो । माथिल्लो भागमा बाख्रापालन राम्रो रहेको र तल्लो भागमा गाई÷भैँसी पालेर दूध बिक्री हुन्छ । मौसमअनुसार सबै क्षेत्रमा तरकारी खेती हुन्छ ।

गाउँमा रहेको साना किसान कृषि सहकारी संस्थाले किसानलाई ठूलो सहयोग गरेको उनी बताउछन् । सहकारीसँग स्थानीय तहको समेत राम्रो समन्वय रहेकाले किसानलाई राहत दिने गरेको छ । साना किसानले मात्रै वार्षिक रु २२ करोड बढी मुल्यको तरकारी सङ्कलन गर्ने गरेको छ ।

आफ्नो वडामा मात्रै ३०० परिवारलाई कुनै न कुनैरुपमा कृषि अनुदान दिएको र सडक सञ्लाल, विद्यालय, खानेपानीमा सहयोग गरिरहेको वडाध्यक्ष बराकोटीले जानकारी दिनुभयो । उनका अनुसार गाउँमा ८० प्रतिशत घरधुरीमा एक घर एक धारा बनिसकेको र बाँकी २० प्रतिशतलाई पनि यही वर्ष पानी पु¥याउने लक्ष्य रहेको छ । उनले भने, “गाउँवासी कृषिमा आबद्ध भएकाले कसरी अनुदानका कार्यक्रम ल्याएर प्रोत्साहन गर्न सकिन्छ र बजारीकरणमा सहयोग गर्न सकिन्छ भन्नेमा वडाको ध्यान छ ।”

यस गाउँपालिकामा चैत÷वैशाखको समयमा बेँसीभेग अरुवासटार, दारिमटार, निबुवाटार, मझुवाटार र बुङचुङ क्षेत्रमा पकेटकै रुपमा तरकारी उत्पादन हुन्छ ।

हिउँदे मौसममा माथिल्लो आरुवास, भेँडाबारी, गौथले, सलाङ मैदान, खोगफोक, द्वारथोक, चालिसे, बसन्त, इटपानी, झारलाङ्दीलगायतमा राम्रो हुने गरेको छ । किसानले उत्पादित तरकारी सलाङ्घाट बजारमा किसानले ल्याउँछन् । यसपछि सहकारीले काठमाडौँ, पोखरा, चितवनमा पु¥याउने गरेको छ । यो क्षेत्रमा गोलभेँडा अत्यन्तै धेरै उत्पादन हुने गरेको छ । यहाँको गोलभेँडा अन्य क्षेत्रको तुलनामा चमकदार देखिने हुँदा भाउ राम्रो आउने गरेको छ । रासस

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १२ : ३६ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला