१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

मंसिर ८ सम्ममा कक्षा सञ्चालनको कार्ययोजना पेशगर्न बुटवल उपमहानगरको विद्यालयसंग आग्रह



बुटवल । बुटवल उपमहानगरपालिकाले कोभिड-१९ को महामारी रोकथामलाई प्रभावकारी बनाउँदै विद्यालय सञ्चालनको अवस्थाका बारेमा सरोकारवालासंग सुझाव माग गरेको छ ।

महामारी रोकथाममा मुलुकमै नमुना काम गर्दै आएको उपमहानगरले जनस्वास्थ्यको संवेदनशिलता र बालबालिकामा रहेको जोखिमलाई मध्यनजर गरि विकल्पसमेत तय गरेर कार्ययोजना माग गरेको हो ।

शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा नागरिक अगुवाहरुसंग महामारीबाट जोगिंदै विद्यायल सञ्चालन गर्ने उपायका बारेमा उपमहानगरले सुझाव माग गरेको हो । उपमहानगरलाई नागरिक स्तरबाट पनि विभिन्न माध्यमबाट सुझाव दिन सकिने छ ।

बुटवल उपमहानगरले कोरोना महामारी (कोभिड-१९) को संक्रमण कम रहेका वडाका विद्यालयमा पठन पाठन नियमित गराएको छ भने संक्रमणको जोखिम धेरै रहेको ठाउँमा के कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासंग सुझाव माग गरेको छ । उपमहानगरले शुक्रबार सार्वजनिक विज्ञप्ति जारी गर्दै विद्यालयसंग कक्षा सञ्चालनका लागि कार्ययोजना माग गरेको छ । मंसिर ८ गतेसम्ममा कार्ययोजना पेश गर्नुपर्ने छ ।

बुटवलका वडा नं.१ देखि १३ मा रहेका सामुदायिक र संस्थागत विद्यालयमा नियमित कक्षा सञ्चालनको अवस्था, सम्भावना र जोखिमका बारेमा विस्तृत विवरण उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रमुख शिवराज सुवेदीले बताए । तोकिएका वडाका विद्यालयहरुबाट आउने कार्ययोजना र सुझावलाई अध्यय्न गरेर स्वास्थ्य सम्बन्धी विज्ञ, चिकित्सक, प्राविधिकसंग थप छलफल गरेर कक्षा सञ्चालनको निर्णय गरिने प्रमुख सुवेदीले बताए ।

स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै थप व्यवस्थित ढंगबाट सिकाइ केन्द्र सञ्चालन गर्ने बारेमा वडा तहबाटै वस्तुगत अवस्थाको यथार्थता र सम्भावित जोखिमको आँकलनसहित सुझाव माग गरिएको प्रमुख सुवेदीको भनाइ छ । कोभिड संक्रमणको जोखिम उच्च रहेकोले विद्यालय संचालनका लागि विशेष सतर्कता अपनाउन जरुरी भएकोले विद्यार्थी संख्या र उपलब्ध भौतिक पूर्वाधार समेत मध्यनजर गरी स्वास्थ सम्बन्धी तोकिएका मापदण्डहरु पूर्णत पालना गर्ने गरी उपयुक्त विकल्प प्रयोग गर्न निर्देशन दिइएको प्रमुख सुवेदीले बताए ।

उपमहानगरले जारी गरेका विकल्पहरु मध्ये उपयुक्त विकल्पहरु प्रयोग गर्ने गरी विद्यालय संचालन सम्बन्धी कार्ययोजना तयार गरी मंसिर ८ गते भित्र उपमहानगरको कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ । कोभिड संक्रमणको जोखिम उच्च रहेकोले विद्यालय संचालनका लागि विशेष सतर्कता अपनाउन जरुरी भएकोले विद्यार्थी संख्या र उपलब्ध भौतिक पूर्वाधार समेत मध्यनजर गरी स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्डहरु पूर्णत पालना गर्ने गरी सरोकारवालको सहकार्यमा ती वडामा विद्यालय सञ्चालनको कार्ययोजना बनाइने छ ।

उपमहानगरले वडा नं.१ देखि १३ सम्मका क्षेत्रलाई संक्रमितको संख्या, सक्रिय संक्रमित र निको भएका दरका आधारमा अझैं पनि जोखिमयुक्त मानेको छ । जोखिमयुक्त यीनै वडामा रहेका विद्यालयमा नियमित पठन पाठन (फेस् टू फेस् मेथड) सञ्चालन गर्न सकिने नसकिने विषयमा कार्ययोजना माग गरिएको हो ।

बुटवलका वडा नं.१४ देखि १९ सम्म कोभिड संक्रमणको जोखिम कम रहेका क्षेत्र हुन । यहाँका संक्रमितको संख्या, निको हुनेको संख्या र सक्रिय संक्रमितको अवस्थाका आधारमा यी वडालाई जोखिम कम रहेको मानिएको हो ।

संक्रमण भएका, निको भएका, संक्रिय संक्रमित रहेका संख्याका आधारमा जोखिमको अवस्थाको मूल्यांकन गर्दै शिक्षण सिकाई केन्द्रहरु मापदण्ड पूरा गरेर सञ्चालन गर्न अनुमति दिइसकिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन । उनले जोखिम रहेका क्षेत्रमा कसरी सञ्चालन गर्न सकिन्छ भनेर कार्ययोजना माग गरिएको बताइन ।

वडा नं। १४ देखि १९ मा रहेका सामुदायिक र संस्थागत दुबै विद्यालयमा शिक्षण सिकाईका कक्षाहरु दसैंको पूर्णिमाको भोलिपल्ट देखि नै नियमित सञ्चालनमा रहेको र त्यहाँ पनि स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाइएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

उपमहानगरका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख उपसचिव मित्रमणी खनालका अनुसार बुटवलमा मंसिर ५ गतेसम्म संक्रमितको संख्या तीन हजार ७३ रहेको छ ।

मंसिर ५ गते मात्रै एकै दिन जम्मा १३ जना संक्रमित थपिएका छन् । जसमा वडा नं.१४ देखि १९ सम्ममा एकजना पनि छैनन । हाल चार सय ११ सक्रिय संक्रमित रहेकोमा यी वडामा जम्मा सात जना रहेका छन् ।

यस्ता छन् उपमहानगरले दिएका विकल्पहरु

१० सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने,
२० अलग अलग समय (सिप्mट) मा अलगअलग कक्षा वा तह सञ्चालन गर्ने,
३० आवश्यकता हेरी विद्यालय खुल्ने वा सञ्चालनको अवधि/घण्टी छोट्याउने,
४० अवस्था हेरी प्रारम्भमा केही कक्षाहरु मात्र तल्ला कक्षाहरु वा माथिल्ला कक्षाहरु (जोखिम र सहजतालाई हेरी) सञ्चालन गर्ने ।
५० कुनै दिन केही कक्षा र कुनै दिन बांकी अरु कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने,
६०कक्षाका केही विद्यार्थी कुनै दिन वा सिप्mट र बांकी विद्यार्थी अर्को दिन वा सिप्mटमा सञ्चालन गर्ने

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : १० बजे

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट