१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस



काठमाडाैं । नेपाल क्रिकेट सङ्‍घ (क्यान) ले बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस गरेको छ । क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई यही मंसिर १० गते देखि बन्द प्रशिक्षणमा बोलाएको हो ।

कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण नौ महिना ढिला भएको हो । क्यान कार्यालयका सचिव उदय प्रकाश शाहले आज सूचना जारी गर्दै बन्द प्रशिक्षण सुरु हुनुअघि ती सबै खेलाडी तथा प्रशिक्षकको पीसीआर परीक्षण गरिने जानकारी दिए । क्यानले आवश्यक सबै सावधानी अपनाएर प्रशिक्षण गर्ने जनाएको छ ।

प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन ।

प्रशिक्षकमा जगत टमाटा रहेका छन । वसन्त रेग्मी झण्डै डेढ वर्षपछि प्रशिक्षणमा फर्किने भएको छ । नेपालले विश्वकप लिग क्रिकेट दुईअन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्ने तालिका रहेको छ । त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । रासस

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ६ : ५७ बजे

निर्वाचन आउन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने