२० मंसिर २०८२, शनिबार | December 6, 2025

दिल्लीमा कोरोनाभाइरसबाट एकैदिनमा ११८ जनाको मृत्यु



भारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा  कोरोनाभाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार दिल्लीमा कोरोनाका कारण अहिलेसम्म सङ्क्रमित भएकाहरुको कुल संख्या पाँच लाख १७ लाख २३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कुल सङ्क्रमितको संख्या भने छ हजार ६०८ रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

कुल सङ्क्रमित मध्ये अहिलेसम्म चार लाख ६८ हजार १४३ जना सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये पछिल्लो २४ घण्टामा आठ हजार ७७५ जना सङ्क्रमणमुक्त भएका हुन् । भारतको केन्द्रीय राजधानीमा अहिले पनि ४० हजार ९३६ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।

दिल्ली स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा ६२ हजार ४२५ जनाको कोरोना परिक्षण गरिएको पनि जानकारी दिएको छ । भारतको दिल्लीमा केही समययता कोरोनाभाइरसको सङ्क्रमण न्युन देखिएपनि अहिले पछिल्लो समयमा फेरी बृद्धि भएको छ ।

तिव्र रुपमा फैलिएको कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि घर घरमा सर्वेक्षण तथा परिक्षण गर्ने क्रमलाई पनि तिव्रता दिएको अधिकारीहरुले बताएका छन् । त्यसैगरी सार्वजनिक स्थलमा रहेका बेला मास्क नलगाउनेहरुलाई दुइ हजार जरिवाना तिराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । यसअघि पाँच सय रुपैया मात्रै रहेको जरिवानालाई एकाएक बृद्धि गरेर दुई हजार बनाइएको हो ।
त्यस बाहेक अन्य पनि धेरै प्रयासहरु भइरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ३ : ०० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले