१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ३९ दिनदेखि बन्द, शैक्षिक कार्यक्रम ठप्प, सरोकारवाला मौन



कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रशासन तथा शैक्षिक कार्यक्रम ३९ दिनदेखि सबै ठप्प छन् । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले एक महिनाअघि असोज २६ गते प्राध्यापक मुन्निराज क्षेत्रीलाई प्रतिष्ठानको डिनमा नियुक्त गरेको विरोधमा असोज २८ गतेदेखि तालाबन्दी भएको हो ।

उपकुलपति प्रा डा वाग्लेले प्रतिष्ठानको डिनमा सरस्वती गौतमलाई नियुक्ति गरिसकेपछि दोस्रो डिनका रूपमा केशर रानालाई गरेको र फेरि पनि तेस्रो डिनका रूपमा यही असोज २६ मुनिराज क्षेत्रीलाई नियुक्ति दिएका थिए ।

डिन नियुक्तिमा एकाधिकार लादेर अधिकारको दुरुपयोग गरी संस्थालाई आर्थिक व्ययभार पारेको भन्दै त्यसको विरोधमा प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले तालाबन्दी जारी राखेको छ ।

तालाबन्दी खुल्ने वा नखुल्ने अहिलेसम्म कुनै अत्तोपत्तो छैन तर प्रतिष्ठानका कर्मचारीले भने तिहारमा समेत तलब खान पाएका छैनन् । कल्याणकारी समाजले उपकुलपतिले नियुक्त गरेका तेस्रो डिन फिर्ता लिनुपर्ने माग गरेको छ ।

डिनसहित राखिएका मागबारे छलफल गर्न उपकुलपति प्रा डा वाग्लेले खटाएको प्रतिष्ठान प्रतिनिधिमण्डलले कल्याणकारी समाजसँग पटक–पटक वार्ता गरे पनि त्यसको उचित निकास निस्कन सकेको छैन ।

प्रतिष्ठान केन्द्रीय कार्यालयमा दुई साताअघि पुग्नुभएका उपकुलपति प्रा डा वाग्ले समाजसँग आफैँ बसेर निकास निकाल्ने, तालाबन्दी खोल्ने र शैक्षिक तथा प्रशासनिक अस्तव्यस्ततालाई सुल्झाउन रत्ति पनि चासो नदेखाएको आरोप कल्याणकारी समाजका अध्यक्ष रमाकान्त उपाध्यायले लगाए ।

यता नेपाल पत्रकार महासङ्घ जुम्लाले उपकुलपति प्रा डा वाग्ले स्वयं केन्द्रीय कार्यालयमा पुगेको दुई साता बढी भइसक्दा पनि प्रतिष्ठानमा ३९ दिनसम्म भएको तालाबन्दी खोल्न चासो नदेखाएको र यहाँ कार्यरत ३५० कर्मचारीलाई तिहारजस्तो समयमा तलब खानबाट बञ्चित गराएको भन्दै ध्यानाकर्षण गरेको छ ।

प्रतिष्ठानको नेतृत्वले फोनसमेत नउठाएर सूचना लिने अधिकारबाट बञ्चित गरेको भन्दै तीनरतीन डिन नियुक्तिले प्रतिष्ठानलाई भर्तिकेन्द्र बनाउने र आर्थिक व्ययभार पार्ने कुराले ध्यानाकर्षण भएको महासङ्घका अध्यक्ष बरमबहादुर महतले बताए । यसबारे उपकुलपति प्रा डा वाग्लेलाई बारम्बार फोन गरे पनि उठ्न सकेन ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ६ : ५४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान