६ श्रावण २०८३, बुधबार | July 22, 2026

३९४ वटा स्थानीय तहमा एकैदिन अस्पतालको शिलान्यास गरिँदै



काठमाडौं । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्नेभएको छ ।

मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार निर्माणको शिलान्यास हुन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजनाअन्तर्गत अस्पताल नभएका स्थानीय तहहरूमा एकैपटक अस्पताल शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

मङ्सिर १५ गते ३९४ वटा स्थानीय तहमा एकैपटक अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ ।

स्थानीय तहमा निर्माण गर्ने आधारभूत अस्पतालका लागि आवश्यक पर्ने जग्गा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भाडामा उपलब्ध गराउन सक्नेगरी कार्यनीति समेत संशोधन गरिसकिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत कात्तिक ३ गते अर्थ मन्त्रालयमा सम्पन्न बैठकले आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रम अनुसार यही मङ्सिर १५ गते भवन निर्माणको शिलान्यास गर्ने निर्णय गरेको थियो ।

बहुवर्षीय योजना अन्तर्गत निर्माण हुन लागेका यी अस्पतालको निर्माण करिब दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । प्रवक्ता गौतमले भने, ‘अहिले शिलान्यास हुने अस्पतालहरू १५ शय्याका हुनेछन्, अर्को वर्षसम्ममा ६४९ वटै स्थानीय तहमा १५ शय्याको नै अस्पताल हुनेछ ।’ ‘निर्माण हुने आधारभूत यी अस्पताल मुख्यतः सम्बन्धित पालिकाहरूको हो, पालिकाहरूको समन्वयमा शिलान्यासको तयारी भइरहेको छ’, उनले भने, ‘कुन ठाउँमा कसले शिलान्यास गर्ने हो, त्यसको निर्णय सम्बन्धित पालिकाले नै गर्ने हो ।’ सङ्घीय सरकारले उपलब्ध गराएको बजेटमा पालिकाले अस्पताल निर्माण गर्ने उहाँले स्पष्ट पारे । सरकारको छात्रवृत्तिमा अध्ययन गर्ने स्वास्थ्यकर्मीलाई त्यही पालिका अस्पतालहरूमा पठाइने प्रवक्ता गौतमले जानकारी दिए । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ७ : २३ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना