काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक आइतबार आयोजना गर्ने कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले देशभर ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएको जनाएका छन् ।
यो सँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको बताए । हालसम्म १६ लाख ६० हजार ७५ पीसीआर परीक्षण गरिएको छ ।
प्रवक्ता गौतमका अनुसार देशभर आइतबारसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ छ । कोरोना संक्रमित भन्दा निको हुनेको संख्या निरन्तर बढेका कारण सक्रिय संक्रमितको संख्या घटिरहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ५ हजार ६९९ रहेको छ । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।
क्वारेन्टाइनमा रहनेको संख्या जम्मा ६८६ रहेको छ ।
प्रतिक्रिया