६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

२४ घण्टामा १६६९ कोरोना संक्रमित थपिए, हालसम्म करिब २ लाख जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक आइतबार आयोजना गर्ने कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले देशभर ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएको जनाएका छन् ।

यो सँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको बताए । हालसम्म १६ लाख ६० हजार ७५ पीसीआर परीक्षण गरिएको छ ।

प्रवक्ता गौतमका अनुसार देशभर आइतबारसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ छ । कोरोना संक्रमित भन्दा निको हुनेको संख्या निरन्तर बढेका कारण सक्रिय संक्रमितको संख्या घटिरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ५ हजार ६९९ रहेको छ । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

क्वारेन्टाइनमा रहनेको संख्या जम्मा ६८६ रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ४ : ३८ बजे

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार