५ श्रावण २०८३, मंगलबार | July 21, 2026

चलचित्र ‘भाँडाकुटी’ रुपन्देही क्षेत्रमा छायांकन हुने



बुटवल । नेपाली चलिचित्र ‘भाँडाकुटी’ रुपन्देहीमा छायांकन हुने भएको छ ।

किरण विकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘भाँडाकुटी’ रुपन्देहीका शहरी तथा ग्रामीण क्षेत्रहरुमा निर्माण हुने फिल्म युनिटले जानकारी गराएको छ ।

दृश्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्देशक एवम् कलाकारहरुको सहभागितामा आइतबार बुटवलमा एक समारोहका बीच औपचारिक घोषणा गरिएको हो । चलचित्रमा मुकुन भुषाल र बेनिशा हमाललेसँगै अभिनय गर्ने भएका छन् ।

चलचित्र भाँडाकुटी आउँदो फागुनमा बुटवल, तिलोत्तमालगायत आसपासका क्षेत्रहरुमा छायांकन गरिने निर्देशक किरण बिकले जानकारी गराए । अन्तर्जातीय वैवाहिक परिवेशसहितको सामाजिक कथामा निर्माण हुन लागेको चलचित्र कलम खड्काले निर्माण गर्न लागेका हुन् ।

चलचित्र पत्रकार संघ, रुपन्देहीको आयोजनामा भएको घोषणा तथा पत्रकार भेटघाट समारोहमा निर्देशक विकले युवाहरुको समूहले सामाजिक परिवेशमा आधारित चलचित्र बनाउन लागेको बताउँदै उत्कृष्ट बन्नेमा विश्वास रहेको जनाए ।

सो अवसरमा नायक मुकुन भुषाल र नायिका बेनिशा हमालले पुरानो परम्परा र सोचलाई नयाँ पुस्ताले चलचित्रमार्फत प्रस्तुत गरिने कथाअनुसार बन्न लागेको बताउँदै आफूहरुले उत्कृष्ट प्रस्तति दिने बताइन् । फिल्ममा राजकुमार दर्जीको कोरियोग्राफ्री र भीम विकको सम्पादन रहने छ ।

फिल्ममा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् । करिब एक करोड रुपैयाँ लगानीमा नयाँ टिमले फिल्म भाँडाकुटी निर्माण गर्न लागेका हुन् ।

कार्यक्रम चलचित्र पत्रकार संघ, रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता र सचिव मोहन न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ६ : ०७ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले