२९ भदौ २०८३, सोमबार | September 14, 2026

पार्टी महाधिवेशन सर्न सक्छ : सहमहामन्त्री डा महत



लमही । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको फागुनमा गर्ने भनिएको महाधिवेशन केही समय सर्न सक्ने बताएका छन ।

काँग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई संम्बोधन गर्दै उनले कोरोना भाइरसको जोखिमका कारण बन्दाबन्दी हुँदा चारपाँच महिना पार्टीले तयारी गर्न नसकेकाले फागुनमै महाधिवेशन गर्न समस्या देखिएको स्पष्ट पारे ।

अहिलेसम्म क्रियाशील सदस्यता टुङ्गिएको छैन, यो टुङ्ग्याउन माघ महिनासम्म लाग्न सक्छ’, डा महतले भने । माघसम्म जिल्लाबाट क्रियाशील सदस्यता टुङ्ग्याएर पठाइएपछि केन्द्रले चैतसम्म छानबिन गरेर टुङ्गो लगाएपछि आगामी भदौ महिनासम्म महाधिवेशन गर्न सकिने उनको भनाइ थियो ।

फागुनमै महाधिवेशन गर्न असंभव रहेको सबै नेताहरुले महसुस गरेको जनाउँदै डा महतले छिट्टै केन्द्रीय समितिको बैठकले महाधिवेशनका लागि नयाँ मिति तय गर्नेसमेत जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ८ : २८ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा