७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

खाना खान आउनेलाई न्यानो कपडा वितरण



काठमाडौं । कोरोना भाइरसको महामारीका कारण रोजगारी गुमाएपछि भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले खाना खान आउनेहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

सोमबार थापाथली स्थित प्रसूति गृह पछाडि खाना खान आएका मानिसहरुलाई हाम्रो टीम नेपालले जाडोयाममा लगाउने न्यानो कपडा वितरण गरेको छ ।

ट्राउजर, थर्मकोट लगायतका न्यानो कपडा वितरण गरिएको हाम्रो टीम नेपालले बताएको छ । न्यानो कपडा पाएपछि खाना खान आउने व्यक्तिहरु खुशि भएका छन् । हरेक व्यक्तिको पीडालाई बुझेर चिसोमा न्यानो कपडा वितरण गरेकोमा उनीहरुले हाम्रो टीम नेपालप्रति खुशि व्यक्त गरेका हुन् ।

हाम्रो टीम नेपालका उमेश बोहराले विभिन्न संघ संस्था, व्यक्तिहरुको सहयोगमा आठ महिना यता खाना खुवाउँदै आएको बताए । अहिले भने चिसो बढेका कारण वभिन्न व्यक्तिको सहयोगमा न्यानो कपडा वितरण गरिएको बताए ।

कोभिडका कारण गत चैत ११ गते देखि लकडाउन भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिहरुलाई हाम्रो टीम नेपालले निःशुल्क खाना खुवाउँदै आएको छ ।

यसअघि खुल्ला मञ्चमा खाना खुवाउँदै आएको यो समूहले काठमाडौं महानगरपालिकाले वैकल्पिक ठाउँको व्यवस्था गरिदिएपछि यही मंसिर ३ गते यता थापाथली स्थित प्रसूति गृहको पछाडिको खुल्ला ठाउँमा खाना खुवाउँदै आएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १ : ०० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल