५ पुस २०८२, शनिबार | December 20, 2025

संसद अधिवेशनका लागि हामी तयारी अवस्थामा छौं : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको हिउँदे अधिवेशन बोलाउ संसद सचिवालय तयारी अवस्थामा रहेको बताएका छन् ।

नेपाली काँग्रेसका सांसद मोहनप्रसाद पाण्डेलाई सपथ खुवाएपछि सभामुख सापकोटाले अधिवेशन आह्वानका लागि सरकारसँग कुरा भैरहेको जानकारी गराए ।

सरकारले भने अधिवेशन बोलाउने कुनै तयारी गरेको छैन । बरु, संसद अधिवेशनबाट छलफल गरेर पारित गर्नुपर्ने कतिपय महत्वपूर्ण विधेयकहरुलाई भटाभट अध्यादेशमार्फत जारी गरिरहेको छ ।

सांसदहरु, पूर्वसभामुखहरु र पूर्वसांसदहरुले समेत अधिवेशन आह्वान गर्न ढिला भएको बारे आश्चर्य व्यक्त गर्दै आएकाछन् । सत्तारुढ नेकपाभित्र चलेको चरम अन्तसंघर्षका कारण संसदभित्र अप्ठेरो अवस्था महशुस गरी प्रधानमन्त्रीले नै संसद अधिवेशन बोलाउन ढिलाई गरेको विश्लेषण हुँदै आएको छ ।

तर सभामुख सापकोटाले भने सकेसम्म छिटो संसद् अधिवेशन बोलाउने तयारी भइरहेको बताएका हुन् । ‘अबिलम्ब अधिवेशन राख्नका लागि छलपल चलिरहेको छ’, उनले भने ‘अबको एक महिनाभित्र अधिवेशन सुरु हुन्छ ।’ कोरोना भाइरसको महामारी यथावत रहेका कारण अधिवेशन समयमा स्वास्थ्य सुरक्षा मापदण्डलाई विशेष ध्यान दिइने पनि सभामुख सापकोटाले बताए ।

सरकारले ल्याएका सबै अध्यादेशहरुबारे पनि संसदमै छलफल हुने उनले बताए । सबै अध्यादेशहरु संसद अधिवेशन सुरु भएको ६० दिनभित्र पारित भैसक्नुपर्छ । अन्यथा ती अध्यादेश स्वतः निस्कृय हुने कानुनी बाध्यता रहेको छ ।

 

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  २ : ११ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता