१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रतिनिधिसभा सभामुख निर्वाचन : आज उमेदवारी दर्ता



काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचनका लागि आजका उम्मेदवारी दर्ताको गरिँदैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म सभामुखको लागि उम्मेदवारी दर्ताको कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ ।

सभामुख चुनावका उम्मेदवारी दर्ता गर्ने समय आउन केही घण्टा मात्र बाँकी रहे पनि दलहरू उम्मेदवारको टुंगो भने लगाउन सकेका छैनन् । सत्ता साझेदार दलहरूमा सभामुखको पद नेकपा एमालेलाई दिने सहमति भएको छ । तर, एमालेले पनि अहिलेसम्म उम्मेदवार छान्न सकेको छैन ।

एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य देवराज घिमिरे र सांसद विद्या भट्टराई सभामुखका आकांक्षीका रूपमा देखिएका छन् ।

संसद्को सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले भने सभामुखको निर्वाचनमा उम्मेदवारी दिन कि नदिने भन्ने विषयमा नै निर्णय लिइसकेको छैन ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ८ : ०१ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।