२१ बैशाख २०८३, सोमबार | May 4, 2026

धार्मिक पर्यटकीय स्थल नखुल्दा व्यवसायी मारमा



काठमाडौ । कोरोना भाइरस सङ्क्रमणबाट बच्न गत वर्ष चैत ११ देखि बन्दाबन्दी जारी गरिएसँगै बन्द रहेको धार्मिक पर्यटकीय स्थल नखुल्दा व्यवसायी भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपअघि स्वर्णदीप मनि चेञ्जर सञ्चालन गर्दै आएका  हरिप्रसाद घिमिरे व्यवसाय बन्द रहेकाले गत असारमा चार जना कामदारलाई बिदा दिएको बताए । बौद्ध क्षेत्रको विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गठन गरेको बौद्धनाथ क्षेत्र विकास समितिको सटर भाडामा लिएका घिमिरे भाडा तिर्न नसकेपछि सहुलियतको माग गर्दै कार्यालय पुगे । घिमिरेलाई समितिका कार्यकारी निर्देशक वसन्त लामाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बन्दाबन्दी खुलेर अरु धेरै क्षेत्र खुले पनि बौद्ध चैत्य पर्यटकका लागि खुला गरिएको छैन । बौद्धमा पर्यटक नआए घिमिरे जस्ता सयौँ व्यवसायीको व्यवसाय चल्दैन । बौद्ध क्षेत्रमै पर्यटकलाई नै लक्ष्य गरेर व्यवसाय गर्ने सयौँ व्यवसायी नौ महिनादेखि आम्दानी नहुँदा जीवन चलाउन मुस्किल हुन थालेको गुनासो गर्छन् ।

हातमा बोकेर नेपाली मौलिक उत्पादन पर्यटकलाई बिक्री गर्दै आउनुभएका रणबहादुर श्रेष्ठको अवस्था पनि उस्तै छ । नौ महिनादेखि काम नहुँदा हातमुख जोर्न धौधौ पर्न थालेको उनको गुनासो छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक पर्यटकीयस्थल खुला गर्नुपर्ने व्यवसायीको माग छ ।

बौद्ध क्षेत्रमा आव २०७४/७५ मा दुई लाख ५२ हजार ३०४ पर्यटक आएका थिए । यसैगरी आव २०७५/२०७६ मा दुई लाख ६४ हजार १६७ पर्यटक आए । आव २०७६/२०७७ मा भने दुई लाख २७ हजार ५२४ पर्यटक आएको कार्यकारी निर्देशक लामाले जानकारी दिए । गत आर्थिक वर्षको वैशाख, जेठ र असारमा बन्दाबन्दीका कारण एक जना पनि पर्यटक बौद्ध छिरेनन् ।

चालू आवको साउन, भदौ, असोज, कात्तिक र यो महिनाको पहिलो हप्ता बित्दा समेत पर्यटकीय क्षेत्र कहिले खुला हुने निश्चित छैन । बौद्ध क्षेत्रमा सार्क देशका पर्यटकसँग रु १०० र अन्य देशका पर्यटकसँग रु ४०० शुल्क लिने गरिएको छ । पर्यटकका लागि खुला नगरिँदा शुल्क नउठेकाले यस क्षेत्रका विकास निर्माणका कामसमेत प्रभावित भएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ६ : ४८ बजे

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा

बुटवलमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण : एकैदिन २२६ जनाको जाँच

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

पन्ध्रदिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा