३ चैत्र २०८१, आइतबार | March 17, 2025

चितवनको भण्डारामा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दियो, २ जनाको मृत्यु



चितवन । चितवनको भण्डारामा सोमबारसाँझ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वीचितवनको राप्ती नगरपालिकास्थित हर्दि चोकमा ग्यास बुलेटले प्रदेश नं.३ ०३–००२ प ११८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती–५ भण्डाराका सचिन दनाइ रहेका छन् । अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले ग्यास बुलेटलाई नियन्त्रणमा लिएको छ । तर, स्थानीय बासिन्दाले भने बुलेट चालकलाई कार्वाहीको माग र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै केहीबेर प्रदर्शन गरेका थिए ।

सडक विभागले बिग्रेको सडक नबनाउँदा राजमार्गमा दुर्घटना बढ्को उनीहरूले आरोप लगाएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ८ : ३३ बजे

चिनियाँ कलाकारद्धारा लुम्बिनी विकास कोषमा भेटघाट

लुम्बिनी । चिनियाँ कलाकारहरुले बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र बनाउने

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

तानसेन । पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत

हिमवत्खण्ड सम्मेलन : विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गर्ने

बिआरआई कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनले अघि सारेको ‘बेल्ट एन्ड