३० माघ २०८१, बुधबार | February 12, 2025

बर्दियामा धमाधम बिद्यालय खुल्दै, मधुवनको बिद्यालय सञ्चालनको तयारी पुरा



बर्दिया । बर्दियाको मधुवन नगरपालिकाले एक हप्ताभित्र सबै विद्यालय सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनको तयारी गरेको हो ।

कोरोना भाइरसका कारण लामो समय देखी बन्द रहेका विद्यालय स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर संचालनमा ल्याउने तयारी थालेको मधुवन नगरपालिकाका नगर प्रमुख गणेशबहादुर क्षेत्रीले जानकारी दिए । नगर प्रमुख क्षेत्रीले आगामी मंसिर १४ गते भित्र नगर भित्रका सम्पुर्ण विद्यालय सञ्चालनमा ल्याउने तयारी भएको बताए ।

गत मंसिर ६ गते बसेको मधुवन नगर शिक्षा समितिको वैठक र आज (सोमबार) वसेको नगर भरीका प्रधानाध्यापकहरुको वैठको निर्णय वमोजिम विद्यालय सञ्चालन गर्न लागिएको हो । वैठकमा कात्तिक २० गतेको मन्त्रिपरिषदको निर्णयवाट स्वीकृत विद्यालय सञ्चालन सम्बन्धीकार्य ढाचाँ २०७७ मा उल्लेख भएका ७ओटा विकल्प मध्ये उपयुक्त विकल्प अपनाई विद्यालय सञ्चालन गर्ने निर्णय भएको मधुवन शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले बताए ।

मधुवन नगरपालिका सँगै बारबर्दिया नगरपालिका बाँसगढी नगरपालिका र गुलरिया नगरपालिकामा समेत एक साता भित्र विद्यालय सञ्चालन गर्ने तयारी भईरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ८ : ५० बजे

ग्यास उद्योगीको आन्दोलन १५ दिनका लागि स्थगित स्थगन

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर

जनयुद्ध दिवसमा खजुरा गाउँपालिकाले दियो सार्वजनिक बिदा

खजुरा । तत्कालिन माओवादीले थालेको जनयुद्ध दिवसको दिन पारेर बाँकेको

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं । नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ।

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको