६ आश्विन २०८३, मंगलबार | September 23, 2026

बर्दियामा धमाधम बिद्यालय खुल्दै, मधुवनको बिद्यालय सञ्चालनको तयारी पुरा



बर्दिया । बर्दियाको मधुवन नगरपालिकाले एक हप्ताभित्र सबै विद्यालय सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनको तयारी गरेको हो ।

कोरोना भाइरसका कारण लामो समय देखी बन्द रहेका विद्यालय स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर संचालनमा ल्याउने तयारी थालेको मधुवन नगरपालिकाका नगर प्रमुख गणेशबहादुर क्षेत्रीले जानकारी दिए । नगर प्रमुख क्षेत्रीले आगामी मंसिर १४ गते भित्र नगर भित्रका सम्पुर्ण विद्यालय सञ्चालनमा ल्याउने तयारी भएको बताए ।

गत मंसिर ६ गते बसेको मधुवन नगर शिक्षा समितिको वैठक र आज (सोमबार) वसेको नगर भरीका प्रधानाध्यापकहरुको वैठको निर्णय वमोजिम विद्यालय सञ्चालन गर्न लागिएको हो । वैठकमा कात्तिक २० गतेको मन्त्रिपरिषदको निर्णयवाट स्वीकृत विद्यालय सञ्चालन सम्बन्धीकार्य ढाचाँ २०७७ मा उल्लेख भएका ७ओटा विकल्प मध्ये उपयुक्त विकल्प अपनाई विद्यालय सञ्चालन गर्ने निर्णय भएको मधुवन शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले बताए ।

मधुवन नगरपालिका सँगै बारबर्दिया नगरपालिका बाँसगढी नगरपालिका र गुलरिया नगरपालिकामा समेत एक साता भित्र विद्यालय सञ्चालन गर्ने तयारी भईरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ८ : ५० बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै