३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

आजको मौसम : आंशिकदेखि सामान्य बदली, हिमाली र उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना



काठमाडौं । हाल देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ ।

जसअनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

त्यस्तै अन्य प्रदेशका पहाडी भू-भागहरुको मौसममा आंशिक बदली रहेको छ । त्यसैगरी देशका अन्य भू-भागको मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागको मौसममा सामान्य बदली रहने सम्भावना छ । त्यस्तै तराईका भूभागको मौसममा आंशिक बदली रहने देखिन्छ । त्यस्तै देशका बाँकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहनेछ ।

देशका अन्य भू-भागको मौसम सामान्यता सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागको मौसममा सामान्य बदली हुने सम्भावना रहेको छ । तराईका भूभागको मौसममा पनि आंशिक बदली रहनेछ । बाँकी प्रदेशका पहाडी भू-भागको मौसममा समेत आंशिक बदली रहनेछ । देशका अन्य भू-भागको मौसम सामान्यता सफा रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ६ : ४२ बजे

बालुवाटारमा सत्तापक्षीय दलको बैठक

काठमाडौं। सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलका शीर्ष नेतासहितको बैठक बसेको

सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छ : प्रचण्ड

मकवानपुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र

लेवनानमा नेपाली शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौं । युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ ।

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

दाङ । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने