१ माघ २०८१, मंगलबार | January 14, 2025

विदेशबाट फर्केकालाई नगरपालिकाको कृषि रोजगारी



उदयपुर । कोभिड-१९ का कारण वैदेशिक रोजगारी गुमाएर फर्केका उदयपुर, त्रियुगा नगरपालिका क्षेत्रका ३१ युवालाई कृषिमा रोजगारी दिलाउन तरकारीखेतीसम्बन्धी आर्थिक र विभिन्न प्राविधिक उपकरणसहितको सहयोग गरिएको छ ।

नगरका विभिन्न वडाका बेरोजगार युवालाई मौसमी तरकारीखेतीमा स्वरोजगार र उद्यमी बनाउन नगरपालिकाले झण्डै ३० लाख बराबरको आर्थिक सहयोगसहित विभिन्न सामग्री सहयोग गरेको बताइएको छ ।

नगरपालिकाका प्रमुख बलदेव चौधरीले नगरका विभिन्न वडाका युवालाई मौसमी तरकारीखेतीमा लागेर स्वरोजगार बन्न सहयोग सामग्री हस्तान्तरण गरेको नगरपालिकाका कृषि सहायक सोमबहादुर दनुवारले बताए ।

च्याउखेतीका लागि झण्डै रु दश लाख, अन्य तरकारी खेतीका लागि रु नौ लाख, तरकारी प्रशोधन गर्ने तीन समूहका लागि सोलार ड्रायर मेसिन, कृषि उपज चिस्यानका लागि कोल्ड च्याम्बर मेसिनसहित रु दश लाख बराबरको सामग्री हस्तान्तरण गरिएको हो ।

यस्तै मौसमी तरकारी खेतीका लागि प्लाष्टिक टनेल सेट, विषादी छर्ने स्प्रे मेसिनसमेत हस्तान्तरण गरिएको छ । हाल नगरपालिकामा वैदेशिक रोजगारी गुमाएर फर्केका युवाको सङ्ख्या झण्डै २२० छ । उनीहरुकै क्षमता र चाहनानुसार स्वरोजगारमा लाग्न नगरपालिकाले आर्थिक र प्राविधिक सहयोग गरेको नगरपालिका प्रमुख चौधरीले बताए ।

विद्युतीकरण, गाडी मेकानिक्स तालीमदेखि होटल व्यवसाय, कुखुरा-बङ्गुर र माछापालन, तालीम पनि दिइने जनाइएको छ । युवाले उत्पादन गरेको तरकारी बिक्रीको सुनिश्चिताका लागि बजारको जिम्मा आवश्यक परे नगरपालिकाले लिने पनि चौधरीले बताए । रासस

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ७ : ५७ बजे

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने

बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम

विद्यालय परिषरमै सुरु भयो मदिरालय सहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)

बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती