६ श्रावण २०८३, बुधबार | July 22, 2026

विदेशबाट फर्केकालाई नगरपालिकाको कृषि रोजगारी



उदयपुर । कोभिड-१९ का कारण वैदेशिक रोजगारी गुमाएर फर्केका उदयपुर, त्रियुगा नगरपालिका क्षेत्रका ३१ युवालाई कृषिमा रोजगारी दिलाउन तरकारीखेतीसम्बन्धी आर्थिक र विभिन्न प्राविधिक उपकरणसहितको सहयोग गरिएको छ ।

नगरका विभिन्न वडाका बेरोजगार युवालाई मौसमी तरकारीखेतीमा स्वरोजगार र उद्यमी बनाउन नगरपालिकाले झण्डै ३० लाख बराबरको आर्थिक सहयोगसहित विभिन्न सामग्री सहयोग गरेको बताइएको छ ।

नगरपालिकाका प्रमुख बलदेव चौधरीले नगरका विभिन्न वडाका युवालाई मौसमी तरकारीखेतीमा लागेर स्वरोजगार बन्न सहयोग सामग्री हस्तान्तरण गरेको नगरपालिकाका कृषि सहायक सोमबहादुर दनुवारले बताए ।

च्याउखेतीका लागि झण्डै रु दश लाख, अन्य तरकारी खेतीका लागि रु नौ लाख, तरकारी प्रशोधन गर्ने तीन समूहका लागि सोलार ड्रायर मेसिन, कृषि उपज चिस्यानका लागि कोल्ड च्याम्बर मेसिनसहित रु दश लाख बराबरको सामग्री हस्तान्तरण गरिएको हो ।

यस्तै मौसमी तरकारी खेतीका लागि प्लाष्टिक टनेल सेट, विषादी छर्ने स्प्रे मेसिनसमेत हस्तान्तरण गरिएको छ । हाल नगरपालिकामा वैदेशिक रोजगारी गुमाएर फर्केका युवाको सङ्ख्या झण्डै २२० छ । उनीहरुकै क्षमता र चाहनानुसार स्वरोजगारमा लाग्न नगरपालिकाले आर्थिक र प्राविधिक सहयोग गरेको नगरपालिका प्रमुख चौधरीले बताए ।

विद्युतीकरण, गाडी मेकानिक्स तालीमदेखि होटल व्यवसाय, कुखुरा-बङ्गुर र माछापालन, तालीम पनि दिइने जनाइएको छ । युवाले उत्पादन गरेको तरकारी बिक्रीको सुनिश्चिताका लागि बजारको जिम्मा आवश्यक परे नगरपालिकाले लिने पनि चौधरीले बताए । रासस

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ७ : ५७ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना