६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

कोरोना संक्रमित सशस्त्र प्रहरी इन्स्पेक्टर बुढाथोकीको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरीका एक जना इन्स्पेक्टरको मृत्यु भएको छ ।

कोरोना संक्रमण भएका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) नविन बुढाथोकीको सोमबार राति मृत्यु भएको हो ।

बुढाथोकीलाई गत महिना २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । तर भेन्टिलेटरमा राखेर उपचार गरेकै अवस्थामा सोमबार राति सवा ११ बजे उनको मृत्यु भएको हो ।

बुढाथोकी २०६८ सालबाट सशस्त्र प्रहरीमाको सेवामा प्रवेश गरेका थिए । तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ घर भएका बुढाथोकीको हाल सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा उनको दरबन्दी थियो ।

बुढाथोकीसँगै सशस्त्र प्रहरीका ३ जना कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १२ : ०६ बजे

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल

कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा केन्द्रीय कार्यसमिति

हुरीसहित असिना पानीको सम्भावना अझै बाँकी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि नै

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौँ । सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई