६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

बैतडीमा जीप दुर्घटना, ५ जनाको मृत्यु



बैतडी। सुदूरपश्चिमको बैतडी जिल्लामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

नेपाल–भारत सीमा क्षेत्र झुलाघाटबाट गोठलापानी जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका वडा नं. १० बुड्डामा दिउँसो १ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा परेका पाँचै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिकाकी ७५ वर्षीया पार्वती चन्द, पाटन नगरपालिका–५ की पार्वतीदेवी चन्द, पाटन नगरपालिका-५का भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका-२ देहिमाडौंका ५८ वर्षीय कृष्ण लावड र सुनर्या गाउँपालिकाकी ७५ वर्षीया कलावती चन्द रहेका छन् ।

जीपमा ११ जना यात्रु रहेका थिए । जसमध्ये २ जना यात्रु भने सकुशल छन् । घाइते तीन जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको छ । जिप चालक गोपाल कार्कीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढी पठाइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ३ : ३९ बजे

काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल

कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा केन्द्रीय कार्यसमिति

हुरीसहित असिना पानीको सम्भावना अझै बाँकी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि नै