३ चैत्र २०८२, मंगलबार | March 17, 2026

प्लाजमा संकलनको लागि तिलोत्तमामा रक्तदान



तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमणमुक्त भएका जनप्रतिनिधि, कर्मचारी लगायतले मंगलबार प्लाजमा संकलनको लागि रक्तदान गरेका छन ।

कोभिड-१९ बाट संक्रमित भई निको भएकाहरुले अन्य संक्रमित बिरामीहरुको जीवन रक्षाको लागि प्लाजमा दान गरेका हुन ।

विश्वमा कोरोना भाइरस संक्रमणको निदानको लागि हालसम्म प्रभावकारी औषधि तथा खोप उपलब्ध नभइरहँदा संक्रमितको उपचारमा प्लाजमा थेरापीको प्रयोग हुँदै आएको छ । प्लाजमा दान गर्न नगरबासीलाई प्रेरणा मिलोस् भनेर रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिए ।

त्यसक्रममा नगर प्रमुख बासुदेव घिमिरे, वडाध्यक्ष तामानाथ पाण्डेय, तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेलसहित ११ जना कोरोना संक्रमणमुक्त भएकाहरुले प्लाजमा संकलनको लागि रक्तदान गरेका थिए । यस्तै नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीसहित १३ जनाले पनि रक्तदान गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

रुपन्देहीमा समेत कोरोना संक्रमितको उपचारको लागि प्लाजमाको माग बढ्दै गइरहेको अवस्थामा नगरपालिकाले आफ्नैं कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल स्वयंम्सेवी रक्तदाता संघ रुपन्देहीका अध्यक्ष कृष्ण चौहानका अनुसार प्लाजमाको लागि संकलन गरिएको रगत ६ महिनाभित्र प्रयोग गर्न सकिन्छ ।

कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना भाइरस संक्रमणका बिरामीहरुलाई उपचार गरिन्छ । यसका लागि कोरोना संक्रमण देखिएर निको भइसकेको व्यक्तिहरुको रगतबाट छुट्याइएको एन्टिबडी (रोगसँग लड्ने तत्व) सहितको प्लाजमा (जुन रगतमा ५५ प्रतिशत हुन्छ) अर्को संक्रमितलाई दिइन्छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ३ : ५६ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित