४ पुस २०८२, शुक्रबार | December 20, 2025

राजनीतिक प्रस्तावमा प्रस्तुत गरिएको विषय न्यायापालिकासँग जोडिएको छैन : अध्यक्ष दाहाल



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र न्यायपालिको गरिमामाथि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । अध्यक्ष दाहालको सचिवालयले आज एक प्रेस नोट प्रकाशित गरी गत कात्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा प्रस्तुत गरिएको विषय स्वतन्त्र न्यायापालिकाको गरिमासँग सम्बन्धित नभएको उल्लेख गरेको छ ।

प्रेस नोटमा भनिएको छ, “न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिकासम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ ।” अध्यक्ष दाहालले सचिवालयका अन्य सदस्यसहितको सहमतिमा राजनीतिक प्रस्ताव प्रस्तुत गरिएको थियो । नेकपाको सचिवालय बैठक यही कात्तिक १३ गते बस्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ६ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको