४ पुस २०८२, शुक्रबार | December 20, 2025

समृद्धिका लागि पार्टी एकता आवश्यक : मुख्यमन्त्री गुरुङ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको समृद्धिका लागि पार्टी एकतालाई सुदृढ बनाउनु आवश्यक रहेको बताएका छन् । पार्टीभित्र देखिएको विवादलाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुहुँदै मुख्यमन्त्री गुरुङले भने, “पार्टीको फुटले न त देशलाई समृद्धि दिन सक्छ न त कसैलाई फाइदा नै ।”

नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ की छोरी अतिथि गैहे्रको निधनको नवौँ दिनको पूण्य तिथिमा आज स्याङ्जाको गल्याङ–९ गेझास्थित घरमा आयोजित श्रद्धाञ्जलि सभामा उनले पार्टीको एकतालाई बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गर्नुपर्ने बताए । “हिजो जनताकै चाहनाले पार्टी एक भएको हो” मुख्यमन्त्री गुरुङले भने, “एक भएका कम्युनिष्ट व्यक्तिले चाहेर अलग हुन नसक्ने र जनताको आशालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ ।” श्रद्धाञ्जलि सभामा नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, संविधानसभा सदस्य अमृता थापा मगर, नेकपा जिल्ला अध्यक्ष एवं प्रदेश सांसद मीनप्रसाद गुरुङ र नेकपा नेता शैलेन्द्र घिमिरेले दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका थिए ।

नेकपा स्याङ्जाका अध्यक्ष गैह्रेकी छोरी १३ वर्षीया अतिथिको यही मङ्सिर १ गते भाइटीकाका दिन अरिङ्गालको टोकाइबाट घाइते भएकी थिइन् । उनको उपचारका क्रममा पोखरामा सोही दिन निधन भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ८ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको