१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल विरुद्ध गृहनगर बुटवलमा कालोझण्डा प्रदर्शन (भिडियो सहित)



बुटवल । दोस्रो पटक अर्थमन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुगेको अर्थमन्त्री विष्णु पौडेललाई काँग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् ।

काँग्रेको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव समेत रहेका अर्थमन्त्री पौडेललाई बुटवलमा कालोझण्डा देखाएका हुन् ।

लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसँग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क (नेपालगञ्जरोड)मा कालोझण्डा देखाएका हुन् ।

बिहानै सैनामैनाका बिभिन्न कार्यक्रममा सहभागी हुन त्यतातर्फ जाँदै गरेको अवस्थामा काँग्रेस कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गर्दै पौडेल बिरुद्ध नारा लगाएका थिए । प्रदर्शनमा सहभागिहरुले पौडेलले अर्थमन्त्री पदसँग प्रदेशको राजधानी साटेको आरोप लगाएका थिए ।

मंगलबार रुपन्देही आएका महासचिब पौडेल रुपन्देहीमा २ दिन बिभिन्न कार्यक्रममा सहभागि हुदैछन् ।

पौडेलको सुरक्षामा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपनि काँग्रेस कार्यकर्ताहरुले सुरक्षाघेरा छिचोल्दै कालो झण्डा प्रदर्शन गरेका थिए ।

प्रदेशको राजधानी सार्न गरिएको षड्यन्त्र विरुद्ध पौडेलले देखाएको मौनताका विरोधमा कालो भण्डा प्रदर्शन गरिएको नेपाली काँग्रेस बुटवल उपमहानगरका नगर सभापति खेलराज पाण्डेले बताए ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ३१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा