१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

महासंघमा कस्तो नेतृत्व छान्ने ?



लेखक

कोरोना महामारीकाबीच नेपाल उद्योग वाणिज्य महासंघ चुनावी संग्राममा होमिएको छ । विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने कारण चुनावमा सवैको चासो वरिष्ठ उपाध्यक्ष कसले वाजी मार्ला भन्नेमा केन्द्रित छ । व्यक्तिगत रुपमा कसले वाजी मार्छ भन्ने विषय उ आफै र उसको प्यानल तथा समर्थकहरुको चासोको विषय बन्ला । तर निजी क्षेत्रको सवैभन्दा ठूलो र शक्तिशाली संस्था हुनुका नाताले महासंघले कस्तो नेतृत्व पाउला भन्ने विषय आम चासो र सरोकारको हुनुपर्दछ । अर्थात प्रश्न को भन्नेमा होइन कस्तो भन्नेमा केन्द्रित हुनुपर्दछ ।

मूल विषयमा प्रवेश गर्नुअघि नेपालको व्यापार व्यवसाय क्षेत्रको सामान्य अवस्था, निजी क्षेत्र र सरकारले एक अर्कालाई कुन नजरले हेर्छन, महासंघको भूमिका के कस्तो छ भन्नेबारे चर्चा गर्नु सान्दर्भिक देखिन्छ ।

विश्व बैक र अन्तर्राष्ट्रिय वित्त निगमद्धारा विभिन्न अर्थतन्त्रका उद्योग तथा व्यापार सञ्चालनका सम्बन्धमा सुरुदेखि अन्तिम सम्मको प्रकृया र सो मा लाग्ने समय एवं व्यहोर्नुपर्ने झन्झट लगायतका विषयमा बृहत अध्ययन गरी डुइङ्ग विजनेश नामक प्रतिवेदन ले नेपाल ६३.५ अंकका साथ ९४ औं स्थानमा रहेको छ । यसले नेपालका उद्योग वाणिज्य क्षेत्र केहि सुधार भएपनि समस्याग्रस्त रहेको छ भन्ने देखाउदछ ।

 

महासंघको नेतृत्वको भूमिका के रहन्छ ?
उद्योग वाणिज्य महासंघको विधान, नेपाल सरकारका विभिन्न नीतिगत, कानूनी एवं संस्थागत व्यवस्था अनुसार यो महासंघले उद्योग, व्यवसायको हकहितको संरक्षण तथा सम्वद्र्धन गर्ने, अर्थतन्त्रमा यस क्षेत्रको योगदान बढाउन विशेष पहल गर्ने, व्यवसायिक आचारसंहिता स्थापित गर्ने गराउने, श्रम सम्वन्ध व्यवस्थापन, संस्थागत सामाजिक दायित्व स्थापित गर्ने गराउने, आर्थिक विषयसंग सम्वन्धित सरकारी नीति कानूनहरु व्यवसायमैत्री वनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने कार्यमा अहम भूमिका रहेको हुन्छ । सरकारले उदार आर्थिक नीति अवलम्वन गरी निजी क्षेत्रको भूमिका बढाउँदै लगिरहेको सन्दर्भमा निजी क्षेत्रको सबैभन्दा वृहत संगठनको नाताले सरकार र उद्योगी व्यवसायीहरुका बीच सम्बन्ध सेतुको कार्य समेत गर्दै आएको छ । निजी क्षेत्रका समस्या र सरकारका बाध्यताबीच तादाम्यता कायम गर्न गराउन महासंघको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसैले त महासंघको आगामी निर्वाचनलाई सरकारले पनि चासोका साथ नजिकवाट नियालिरहेको छ ।

 

राज्य र निजी क्षेत्रबीच दोषारोपणः
अहिले निजी क्षेत्र र सरकारबीच विश्वासको खाडल बढिरहेको अवस्था छ । कोभिड–१९ महामारीबाट थलिएको अर्थतन्त्र र राजस्व संकलनमुखी सरकारका सुरुवाती कृयाकलापले निजी क्षेत्र रुष्ट भएको थियो । बजेटसँगै आएका केहि राहतका प्याकेजले निजी क्षेत्रको तातेको पारो केहि तल झरेको देखिन्छ । बजेट कार्यान्वयनमा सरकारको आलटालले निजी क्षेत्र फेरी एकपटक सशकिंत भएको छ । अर्कोतिर विषम परिस्थितिमा राज्य प्रतिको आफ्नो कर्तव्य र दायित्वमा भन्दा राज्यबाट सुविधा दोहनमा केन्द्रित हुन खोजेकोप्रति सरकार निजी क्षेत्रसँग रुष्ट देखिन्छ । यस्तो अवस्थामा निजी क्षेत्रको नेतृत्वदायी संगठनका नाताले महासंघको भुमिका अझ बढी हुने देखिन्छ । यस बीचमा आएका राजस्व दाखिलाका चेतावनीयुक्त ताकेतादेखि कुनै हालतमा राजस्व दाखिला नगर्नेसम्मका हठले दुई बीचको सम्बन्धमा तिक्तता सिर्जना गरिदियो ।

महामारीका कारण मात्र होइन सामान्य अवस्थामा पनि समस्या नाङ्लो पसलदेखि पाँचतारे होटलसम्म छन्, भान्छाको नुन आपूर्तिदेखि सूनको आपूर्तिसम्मका समस्या छन् । आन्तरिक रोजगारीदेखि बाह्य श्रमसम्म वेथिति नै वेथिति छन् । सार्वजनिक क्षेत्रको सुशासनदेखि निजी क्षेत्रको कर्पोरेट गभरनेन्सका सूचक प्रतिकूल छन् । मनोगत आधारमा कर निर्धारण देखि अनैतिक मुनाफामा लिप्ततासम्मका समस्याले नेपालको अर्थतन्त्र दीर्घरोगी बन्ने खतरा देखिन्छ ।

 

कस्तो नेतृत्व चाहिएको छ ?
महासंघको आसन्न निर्वाचनले नेता चयन गर्ने होइन । नेतृत्व र नीति चयन गर्न सक्नु पर्दछ । चुनाव जितेपछि नेता त बन्न सकिन्छ तर इतिहासमा नाम लेखाउन सक्ने नेतृत्व बन्न कम चुनौतीपूर्ण भने छैन । आगामी नेतृत्व सफल हुन सकेन भने त्यसको दोष त्यो नेतृत्वले मात्र लिनुपर्ने हुँदैन । असल नेतृत्व छनौट गर्न नसक्ने आम मतदाताको असफलता हुनेछ । तसर्थ यस विषयमा प्रतिनिधिहरु संवेदनशील हुन जरुरी देखिन्छ ।

 

समन्वयकारी नेतृत्व :
अहिले निजी क्षेत्र र सरकारबीच देखिएको तिक्तताको प्रमुख कारण सरकार निजी क्षेत्रबीच सम्वादशुन्यताको अभाव पनि हो । सरकार र निजी क्षेत्र आ–आफ्नै तालमा दौडिरहँदा अर्थतन्त्र नै कमजोर भएको छ । सरकारले सवै व्यवसायीहरुसँग छलफल र सम्वाद् गर्न नसक्ने मात्र होइन आम व्यवसायीले आफ्ना दुःख पीडा सरकारको कानसम्म पुराउन सक्ने अवस्था पनि देखिँदैन । निजी क्षेत्रका समस्या र सरकारका बाध्यता बीच तादाम्यता कायम गर्न गराउन सक्ने समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने नेतृत्व यो विषम परिस्थितिको आवश्यकता हो ।

कानून परिपालनामा प्रोत्साहन  बजेट निर्माणमा कानूनको अवज्ञा गरी वक्यौता राख्नेहरुको वक्यौता फरफारकका स्कीमको पोको बोकेर अर्थ मन्त्रालय धाउने नेतृत्व होइन कानूनको परिपालना गर्ने नियमित करदाताहरुका लागि प्रोत्साहन, लगानीमैत्री नीति र कार्यक्रमको अड्डी कस्न सक्ने नेतृत्व आजको आवश्यकता हो ।

 

अर्थतन्त्रका समस्या पहिचान र सम्बोधन :
हजार लगानीका नाङ्लो पसलका समस्या हुन वा अर्वौं लगानीका हाइड्रोप्रोजेक्टका समस्या, हिमाल पारीको मुस्ताडको व्राण्डी उद्योग होस वा तराईको सिमेन्ट उद्योग, भारतीय नाकाको छोटी भन्सार होस वा चीनसँगको रसुवा नाका, सुख्खा वन्दरगाह होस वा त्रिभुवन अन्तराष्टिय विमास्थलमै किन नहोस आयात निर्यातका आआफ्नै समस्या छन् । आन्तरिक लगानी वा बाह्य लगानी सवै क्षेत्र समस्याग्रस्त छन् । यस्तो अवस्थामा सवै क्षेत्रका समस्या चुनौति बुझेको वा बुझ्न सक्ने र ती चुनौतीलाई अवसरको रुपमा परिणत गर्न सक्ने वा पहल गर्ने नेतृत्व बिनाको महासंघ संघीय नेपालको अर्थतन्त्रको संवाहक वन्न सक्दैन ।

 

महासंघको साख र महत्व बढाउने :
निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था संरचनामा मात्र ठूलो भएर वा देखिएर हुँदैन उसको साख एवं राष्ट्रिय अर्थतन्त्रमा महत्व पनि ठूलो हुनुपर्दछ । विगतमा निजी क्षेत्रमा एउटै छाता संगठनको रुपमा रहेको संस्थाको समान हैसियतमा अन्य संस्थाहरु खुलिसकेका छन् । यस्तो अवस्था सरकारले जुन संस्थासँगको सम्वाद सहकार्य अनुकूल हुन्छ सोहिसँग सहकार्य गर्ने र निजी क्षेत्रसँगको सहकार्य भैरहेको भन्न सक्ने अवस्था आउने तर्फ महासंघ सवेदनशील हुनुपर्दछ । सकेसम्म निजी क्षेत्रका अन्य संस्थाहरु एक आपसमा मर्ज गरी बृहत संगठन वनाउन सक्ने क्षमता र सोंच सहितको नेतृत्व आवश्यक देखिन्छ ।

 

व्यवसायी र श्रमिक सम्बन्ध :
आन्तरिक वा वाह्य लगानी आकर्षित गर्न नसक्नुको प्रमुख कारण मध्ये प्रतिकूल श्रम सम्वन्धलाई लिइदैं आएको छ । सरकार, श्रमिक तथा रोजगारदाता व्यावसायीहरुका बीच आपसी समझदारी र सहकार्य गरी व्यवसाय प्रति सामुहिक अपनत्वभाव सिर्जना गर्न गराउन सक्ने नेतृत्व यो चुनावी मैदानबाट आउन सक्नुपर्दछ ।

 

साझा नेता :
चुनावी प्रकृया लोकतन्त्रको मूल्य मान्यतामा आधारित हुन्छ । यो आधुनिक लोकतन्त्रको सुन्दर पक्षको रुपमा रहेको पनि छ । प्रतिष्पर्धा मतदानसम्म मात्र हुनुपर्दछ । स्वभाविक रुपमा एक प्षले जित्दा अर्को पक्ष हार्दछ नै । हार्ने पक्ष वा व्यक्तिको तुलनामा विजयी हुनेको कांधमा बढी जिम्मेवारी र दायित्व हुन्छ नै । चुनावी प्रतिष्पर्धाको तुष कार्यसम्पादनमा देखाउने र अर्को पक्षको अस्तित्व स्वीकार गर्न नसक्दा विश्वका शक्तिशाली नेतृत्व एकपछि अर्को गर्दै फालिएका उदाहरण पनि छन् । महासंघको आगामी नेतृत्वले निर्वाचन पश्चात कुनै वर्ग समूह वा पक्षको नेतृत्व नगरी समग्र उद्योग वाणिज्य क्षेत्रको साझा नेताको रुपमा काम गर्न सक्नुपर्दछ । मतदाताहरुले पनि उमेदवारहरुको विगतका कृयाकलाय, उसको प्रवृत्ति समेतलाई मध्यनजर राखि नेतृत्व चयन गर्नुपर्ने हुन्छ ।

 

अन्तमा,
महासंघको नेतृत्वलाई पद र प्रतिष्ठाको विषयको रुपमा हेरिनु हुँदैन । उपाध्यक्ष वा अर्को कार्यकालको अध्यक्ष केवल पद मात्र होइन । जिम्मेवारीका साथसाथै सम्पूर्ण उद्योग व्यावसायीको विश्वास र भरोसाको केन्द्र पनि हो । जिम्मेवारी ग्रहण गर्नु मात्र पनि ठूलो विषय बन्न सक्दैन जिम्मेवारीसँगै उत्तरदायित्व वहन गर्न पनि सक्नुपर्दछ । कोरोना महामारीका कारण थलिएको अर्थतन्त्रको पुनरुत्थानका लागि सरकारसँग सहकार्य गर्न सक्ने, व्यवसायीको हक हितका लागि निरन्तर खवरदारी गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो । महासंघको आसन्न निर्वाचनले अर्थतन्त्रले खोजेको नेतृत्व दिन सकोस शुभकामना ।

लेखक ढकाल नेपाल सरकारका उपसचिव हुन् । लेखकका निजी निजी विचारले निज आवद्ध संस्थाको प्रतिनिधित्व गर्दैनन् ।

 

 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १ : ५४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम