४ पुस २०८२, शुक्रबार | December 19, 2025

त्रिशुलीमा जीप खस्यो, तीन जना वेपत्ता



काठमाडौं । त्रिशुली नदीमा जीप खस्दा तीन जना वेपत्ता भएका छन् ।

प्युठानबाट काठमाडौं आउँदै गरेको लु१च ९७३१ नम्बरको जीप बिहीबार बिहान मुग्लिन नजिकै त्रिशुलीमा खसेको हो ।

जीपमा सवार प्युठान झिम्रुक गाउँपालिका वडा नं. ५ खहरे निवासी जमुना रोका र उनकी ११ वर्षीया छोरी र जीप चालक सूर्य केसी नदीमा बेपत्ता भएका छन् ।

जमुनाका श्रीमान मुकुन्दराज रोका भने नदीबाट बाहिर निस्कन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । रोकालाई प्रहरीले उद्धार गरेको थियो । उनलाई उपचारका लागि पठाइएको र बेपत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

छोरीको उपचारका लागि रोका दम्पत्ती काठमाडौं आउँदै गर्दा दुर्घटनामा परेको जमुनाका भाइ शरद रोकाले जनाएका छन् । रोक नेकपा मसालको युवा संगठन अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन् ।

 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ७ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको