२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

बेपत्ता छानबिन आयोगको टोली जुम्लामा



जुम्ला । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोली जुम्लामा पुगेको छ ।

आयोगका सदस्य डा गङ्गाधर अधिकारी नेतृत्वमा बिहीबार जुम्ला पुगेर टोलीले जुम्लाका संचारकर्मीसँग भेटघाट गरेको छ ।

भेटघाटमा सदस्य डा. अधिकारीले नेपालमा सशस्त्र विद्रोहदेखि विस्तृत शान्ति सम्झौतासम्म राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकको पहिचान र छुटेका व्यक्तिको उजुरी लिने उद्देश्यले यो समयमा कर्णालीमा पुगेको बताए ।

“आयोगको कार्यक्षेत्र भनेकै छानबिन तथा अनुसन्धान हो”, उनले भने, “यसको मूल लक्ष्य तथा उद्देश्य भविष्यमा द्वन्द्व दोहोरिन नदिने हो ।”

मुलुकभरबाट आयोगमा तीन हजार २२३ उजुरी परेको बताउँदै उनले कर्णालीमा ४०४ उजुरी परेको जनाए । उनका अनुसार साविकको कर्णालीको कालिकोटमा ४५, जुम्लामा २०, मुगुमा २५, डोल्पामा छ र हुम्लामा चार जना बेपत्ताको उजुरी परेको छ ।

कोरोना महामारीका कारण आयोगले परिणाममुखी काम गर्न नसकेको स्वीकार्दै सदस्य डा.अधिकारीले कर्णालीलाई प्राथमिकतामा राखेर जुम्ला पुगेको आयोगले बेपत्ताहरूको छानबिन, अनुसन्धान र पहिचानका काम अगाडि बढाउने र चार दिनसम्म जुम्लामा बसेर यहाँका सरोकारवालासँग छलफल गर्ने बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ९ : ०९ बजे

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

नवलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण

भोलीदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस

“ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्छ “

काठमाडौं । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी