२४ माघ २०८२, शनिबार | February 8, 2026

जुम्लाका किसान ओखरखेतीमा आकर्षित हुदैं



खलङ्गा । पछिल्लो समय जुम्लाका किसान ओखरखेतीप्रति आकर्षित हुँदै गएका छन् ।

जिल्लामा ओखर भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा उनीहरुका लागि राम्रो आम्दानीको स्रोत बनेको हो । चन्दननाथ नगरपालिका-८ का कालीबहादुर भण्डारीले ओखरखेतीबाट मनग्ये आम्दानी हुने जानकारी दिए ।

तिला गाउँपालिका-१ का रमा बुढाले आफूहरु व्यावसायिकरुपमा ओखरखेतीमा लागेको र आयआर्जन समेत वृद्धि गरेको बताए । उनले भने, “स्थानीय सरकारले किसानका लागि राहत हुने गरी काम गर्नुपर्छ र अनुदानको व्यवस्था मिलाउनु पर्छ ।” आगामी वर्ष ओखर बेचेर रु दुई लाखसम्म कमाउन सक्ने गरी बगैँचा व्यवस्थापनमा आफूहरु जुटेको हरिकला रोकायाले जानकारी दिए । सुरुको चरणमा हुर्काउन दुःख हुने गरेको छ । पछि हुर्केपछि ओखरमा खासै दुःख नहुने यहाँका किसान बताउँछन् ।

कम मेहनतमा बढी आयआर्जनमा सहयोग पुग्ने खेती ओखर भएको किसानको अनुभव रहेको छ । खरिद गर्न व्यापारी गाउँमै आउने गरेका छन् । यहाँका आठवटै स्थानीय तहमा यसको खेती हुँदै आएको छ । एकै बोटमा रु पाँच हजारसम्मको ओखर फल्ने गरेको उनीहरुको भनाइ रहेको छ ।

अहिले खलङ्गा बजारका विभिन्न चोकमा ओखर बेच्ने किसानको भीडभाड हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले ओखरखेती गर्नेको सङ्ख्या जिल्लामा बढेको जानकारी दिए । कार्यालयका अनुुसार जिल्लामा १ सय ९० हेक्टरमा ओखरखेती हुने गरेको छ । उनले भने, “एक वर्षमा १५ टनसम्म ओखर फल्ने गरेको छ ।

अधिकांश किसानले ओखर कोसेलीघरमा पुगेर प्याकेजिङ गरी बिक्री गर्ने गरेका छन् ।” बजारमा अहिले ओखरको मूल्य प्रतिदाना रु १० का दरले बिक्री हुने गरेको धिताल अर्गानी पसलका सञ्चालक टीकाराज धितालले जानकारी दिए ।

काठमाडौं, पोखरा, नेपालगञ्ज सुर्खेतलगायतका जैविक पसलमा यहाँको ओखर खपत हुने गरेको छ । मागअनुसार यहाँका किसानले सहजै पु¥याउन नसकेको बताइएको छ ।

तीन रोपनी जग्गा एकै क्लष्टरमा भएका किसानको समूह बनाएर बिरुवा, काँटछाट, रोगकिरा नियन्त्रण र सिँचाइका क्रियाकलाप उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

ओखर बेचेर जिल्लामा करोडभन्दा बढी भित्र्याउने गरिएको कोसेली घरकासञ्चालक गोविन्द आचार्यले जानकारी दिए । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको एकमात्र रोजाइ ओखर हुने गरेको छ । रासस

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ३ : ०५ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको