१८ माघ २०८२, आइतबार | February 1, 2026

पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘कम्पन’ अडियोबुकका रुपमा अडिबल, अमेजन र आईट्युनमा उपलब्ध



न्यूयोर्क । पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक कम्पन अडियोबुकका रुपमा आएको छ । कम्पन अडिबल, अमेजन र आईट्युनमा उपलब्ध पहिलो नेपाली अडियोबुक रहेको अडिबलले जानकारी दिएको छ ।

अडियोबुकको उत्पादन लामोसमयदेखि अडिबलमा पुस्तक उत्पादन गर्दैै आएकी फरेस्ट सोबलले गरेकी छिन् भने आवाज लामो समय नेपालका रेडियो र टेलिभिजनहरुमा काम गरेका सुरेश शाहीले दिएका छन् । पुस्तकको अडियो ६ घण्टा १५ मिनेट लामोे छ ।

अमेजनमा अडियोबुकको मूल्य १९ डलर ९५ सेन्टस रहेकोमा हाल १२ प्रतिशत छुटसहित १७ डलर ४६ सेन्टसमा उपलब्ध रहेको छ । अडिबलको प्रिमियम प्लस प्याकेजमा भने ३० दिनको परीक्षण अवधिसँगै निशुल्क उपलब्ध रहेको छ ।

अडिबलको प्रिमियम प्लस प्याकेज ३० दिनसम्मको लागि निशुल्क रहेको छ । त्यसपछि अन्य कैयन पुस्तकहरु पढ्न रुची हुनेहरुले मासिक १४ डलर ९५ सेन्सस तिर्न सक्नेछन्, अन्यथा अडिबलको प्रिमियम प्लस निशुल्क रद्द गर्न सकिनेछ ।

पुस्तक अडिबल र अमेजनको जर्मनी, फ्रान्स, बेलायत र अमेरिका लगायतका स्टोरहरुमा उपलब्ध रहेको छ । नेपाली भाषाको पुस्तकले अमेजन र अडिबलमा प्रवेश पाएपछि अन्य नेपाली भाषाका पुस्तकको अडियोबुकका लागि समेत बाटो खुलेको कम्पनका लेखक किशोर पन्थीले बताएका छन् ।

कम्पनलाई अडियोबुकका रुपमा ल्याउन आफूहरुलाई झण्डै एक वर्षको अवधि लागेको पुस्तकका वाचक सुरेश शाहीले बताए । कोरोनाको महामारीका कारण पुस्तकको अडियो रेकर्ड गर्नमात्र झण्डै १० महिना लागेको र नेपाली भाषाको पहिलो पुस्तक भएका कारण अडिबलमा आवाजको गुणस्तर लगायतका अन्य पुनरावलोकनका लागि झण्डै २ महिना लागेको शाहीले जानकारी दिए । अन्य नेपाली पुस्तकहरु पनि अडियोबुकका रुपमा ल्याउन आफूहरु इच्छुक रहेको उनले बताए ।

कम्पन नेपालमा गएको महाभूकम्पपछिको आर्तनाद र आशाको जिवन्त दस्तावेज हो । कम्पन एउटा पुस्तक हो जसलाई पढेर र सुनेर महाभूकम्पपछिको अवस्थाको अनुभव गर्न सकिन्छ ।

सन् २०१५ को अप्रिल २५ को महाभूकम्प यति भयानक थियो कि यसले केही मिनेटमा नै लाखौं नेपालीको जीवनलाई परिवर्तन गरिदियो । कैयन्को मृत्यु भयो । भवनहरू भग्नावशेषमा परिणत भए । एउटा भयानक सपना जस्तो बन्यो त्यो दिन । महाभूकम्पपछिका कैयनका कथाहरु अज्ञात रहे । किशोर पन्थीले लेखेको यो पुस्तकले ती कथाहरू पाठक समक्ष ल्याएको छ ।

पुस्तक कम्पनमा वियोग र वेदनाका कथामात्र छैनन्, आशाका कथाहरु पनि छन् । मृत्युको मुखबाट बाँचेकाहरुले कसरी आशालाई कायमै राखेर बाँच्न सफल भए भन्ने कथाहरु छन् । रेस्क्यु अपरेशनमा खटिनेहरुका कथादेखि आर्तहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका कथाहरु छन् । देशविदेशबाट राहत लिएर पुग्नेहरुदेखि संचारकर्मीहरुले भोग्नुपरेका सकसका कथाहरु छन् ।

पुस्तक कम्पनको पहिलो संस्करण सन् २०१८ मा आएको थियो भने दोश्रो संस्करण सन् २०१९ मा प्रकाशित भएको थियो । पहिलो संस्करणको लोकार्पण पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईले काठमाडौंमा आयोजित एक कार्यक्रममा गरेका थिए ।

अडिबलमा अडियोबुकको लिंकः

https://www.audible.com/pd/B08NM8B3GG

https://www.audible.co.uk/pd/B08NMNG98Y

https://www.audible.fr/pd/B08NMZH4FB

https://www.audible.de/pd/B08NNDRM89

अमेजनमा अडियोबुकको लिंकः

https://www.amazon.com/Kampan-Second-Edition/dp/B08NMZFQRV/

 

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ८ : ४९ बजे

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु