१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

काठ कटान ओसार पसार तथा विक्रिवितरणमा प्रतिवन्ध फुकुवा गर : सामुदायिक वन उपभोक्ता महासंघ



दाङ । सरकारले वन क्षेत्रवाट काठ कटान ओसार पसार तथा विक्रिवितरणमा प्रतिवन्ध लगाएको बिरोधमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आन्दोलनको घोषणा गरेको छ ।

सरकारको निर्णय सच्चाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय कार्यक्रम अनुसार दाङ सहित देशभरका सवै जिल्ला महासंघले जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ज्ञापन पत्र पठाएका छन ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आह्वानमा जिल्ला महासंघ दाङले निमित्त प्रमुख जिल्ला अधिकारी यामबहादुर बुढामगर र डिभिजनल वन अधिकृत बिजयराज सुवेदीलाई छुट्टाछुट्टै भेटेर ज्ञापन पत्र बुझाइएको सामुदायिक वन उपभोक्ता महासंघ दाङले जनाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको अगुवाईमा वन महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रकाश खड्का, केन्द्रीय सदस्य सावित्रा राना, जिल्ला महासंघका पदधिकारी सहित गएको टोलीले जिल्ला प्रशासन र डिभिजन बन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्र बुझिसकेपछि निमित्त प्रमुख जिल्ला अधिकारी बुढामगर र डिभिजन वन अधिकृतहरुले ज्ञापनपत्रलाई आफूहरुले सम्वन्धित निकायमा पठाइदिने प्रतिबद्धता ब्यक्त गरेको महासंघ जिल्ला शाखा दाङले जानकारी दिएको छ । ज्ञापनपत्र बुझाइसकेपछि सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय उपाध्याक्ष भिमप्रकाश खड्काले आफूहरुले पहिलो चरणको आन्दोलन अन्र्तगत सांकेतिक रुपमा आज ज्ञापनपत्र बुझाएको र माग सुनुवाई नभए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

१० बुदे ज्ञापनपत्रमा रोकिएका काठ कटान, ओसारपसार र विक्रिवितरण तत्काल खुला गर्नुपर्ने, सामुदायिक वन उपभोक्ता समूहको विधान र कार्ययोजनामा उल्लेख भए वमोजिम साधारण सभाले गरेको निर्णय अनुसार वन सम्बद्र्धनका कार्यहरु गर्न पाउनु पर्ने,दिगो विकास लक्ष्य प्रतिको प्रतिवद्धता, सामुदायिक वनको स्वायत्तता, जैविक विविधता संरक्षण, लैंगिक समानता र सामाजिक समावेशीकरणलाई समेत ध्यानमा राखि दिगो वन व्यवस्थापन गर्न पाउनु पर्ने,. सामुदायिक वनले गर्ने उद्यम, पर्यापर्यटन तथा कृषिवनका कार्यक्रम गरी समृद्धिमा टेवा पुर्याउने र वैज्ञानिक वन व्यवस्थापन कार्यविध, २०७१ खारेज गर्नु पर्ने लगायतका माग गरिएको छ ।

यसैगरी ज्ञापनपत्रमा प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयहरुले चालु वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई रोकी त्यसमा रहेको बजेटलाई सामुदायिक वन व्यवस्थापन कार्यमा लगाउनु पर्ने, सामुदायिक वन उपभोक्ता समूहको सुशासन र क्षमता अभिवृद्धिका लागि वन सम्बन्धी सबै तहका निकायहरुले सामुदायिक वन उपभोक्ता महासंघ, नेपालसँग सहकार्य गर्नुपर्ने, उद्यम संचालनको लागी सामुदायिक वनमा लगाईएको दुरी तत्काल हटाउनु पर्ने, चुरे संरक्षण र व्यवस्थापन स्थानिय समुदायका नेतृत्वमा हुने गरी वन ऐनमा व्यवस्था गर्नुपर्ने, मध्यवर्ती तथा संरक्षण क्षेत्रका सामुदायिक वन धार्मीक वन र कुलियती वनहरुलाई राष्ट्रियवनमा भएका सामुदायिक वन धार्मीक वन र कुलियति वन सरह अधिकार दिनुपर्ने र वन क्षेत्रको वजेट तथा कार्यक्रम लैङ्गगीक मैत्री वनाउनु पर्ने माग गरिएको छ ।

वन क्षेत्रवाट काठ कटान ओसार पसार तथा विक्रिवितरणमा लगाईएको प्रतिवन्ध महासंघकै पहलमा खोल्ने सहमति भएकोमा गत जेठ २८ गते साल वाहेकका काठ मात्र खुलाई सालमा निरन्तर प्रतिवन्ध रहेकोले देश भरका २२ हजार २ सय ६६ सामुदायिक वन व्यवस्थापन गरिरहेका २९ लाख घरधुरीका १ करोड ४० लाख उपभोक्ताहरुले आफनो दैनिक कामहरु गर्न वाट समेत वन्चित भएको वन महासंघ नेपालले जनाएको छ ।

सामुदायिक वन उपभोक्ता समूहले लामो समयदेखी आफनो वनबाट संकलित सालको काठ लगायतका वन पैदावारको सदुपयोग एवं विक्री वितरण गर्नबाट बञ्चित हुँदै आएको र यसबाट सामुदायिक वन उपभोक्ता समूहहरु शशक्त आन्दोलनमा जानुपर्ने अवस्था सृजना भएको चेतावनी ज्ञापन पत्रमा दिइएको छ । उक्त अवस्था सृजना हुन नदिनका लागि वन तथा वातावरण मन्त्रालयबाट वनसम्बन्धी उच्चस्तरीय छानविन समितिको प्रतिवेदन २०७७ का सुझावहरु अबिलम्ब कार्यान्वयन गर्न पनि वन महासंघले माग गरेको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ८ : ५५ बजे

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल

बिहीबार वर्षाले अवरुद्ध नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को सिरिज आजदेखि

काठमाडौं । बिहीबारदेखि हुने भनेको नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

आजको मौसम : बाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । बाग्मती प्रदेशसहितका केही स्थानमा आज वर्षाको सम्भावना छ

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा