२ असार २०८३, मंगलबार | June 16, 2026

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा खारेज



काठमाडौं । सरकारले एशियाकै सबैभन्दा भ्रष्ट सरकार भन्दै ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै जारी गरेको प्रतिवेदनलाई खारेज गरेको छ ।

नियमित पत्रबार सम्मेलनमा सरकारका प्रवक्ता संचारमन्त्री पार्वत गुरुङले ट्रान्सपरेन्सी आधाहीन, तथ्यनहीन, खोज अनुसन्धान नगरी आएको भन्दै त्यसलाई सरकारले खारेज गरेको जनाएका हुन् ।

मन्त्री गुरुङले सो प्रतिवेदन सत्तारुढ दललाई बदनाम गराउने मनोगत उद्देश्यले आएको दाबी गरे ।

जम्मा एक हजार मान्छेसँग फोनमा गरिएको सर्वेक्षणका आधारमा नेपालमा भ्रष्टाचार बढेको आरोप लगाइएको भन्दै गुरुङले ३ करोड जनसंख्या भएको मुलुकमा १ हजार स्याम्पर हुन नसक्ने जिकिर गरे ।

उनले विश्व सूचकांकमा नेपालको प्रगति भैरहेको बताउँदै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका रहेका व्यक्तिहरू राजनीतिक रहेको टिप्पणी गरे ।

सरकार विरुद्ध मिसनको रुपमा प्रतिवेदन तयार पारिएको जिकिर गर्दै उनले राजनीतिक पूर्वाग्रहबाट तयार पारिएको प्रतिवेदनलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे ।

उनले भने, ‘ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका प्रमुख चिनिएको राजनीतिक व्यक्ति हुन् । त्यसैले यो प्रतिवेदनलाई खारेज गरिएको हो ।’

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ५ : २४ बजे

स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न

भक्तपुर । तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

लुकाकुको प्रभावमा बेल्जियमको पुनरागमन, इजिप्टसँग १-१ को बराबरी

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

देशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिमको तराईमा तातो दिन रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले