२१ मंसिर २०८२, आइतबार | December 7, 2025

म्याग्दीका २ स्थानमा आधारभूत अस्पताल शिलान्यास स्थगित



बेनी । देशको ७ वटै प्रदेशको ३९४ स्थानमा आधारभूत अस्पतालको शिलान्यास भएपनि म्याग्दीको रघुगंगा र धवलागिरी गाँउपालिकामा भने अस्पताल बनाउने स्थानका बिषयमा बिवाद हुँदा आज शिलान्यास कार्यक्रम स्थगित भएको छ ।

अस्पताल बनाउने ठाउँका बारेमा विवाद सिर्जना भएपछि दुबै स्थानीय तहले तत्काल अस्पतालको शिलान्यास गर्न नसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराएका छन् ।

हरेक स्थानीय तहमा आधारभुत अस्पतालको सेवा पु(याउने संघीय सरकारको नीति अनुसार सोमबार देशभरका ३९६ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्ने सरकारले यस अघि नै घोषणा गरेको थियो ।

मन्त्रालयले बेग स्वास्थ्य चौकी विस्थापित गरी १० शैयाको अस्पताल बनाउने स्थान तोकेर पठाएको भएपनि गाउँपालिकाका बहुसंख्यकलाई अपायक पर्ने भन्ने गुनासो आएपछि रघुगंगाको कार्यपालिका बैठकले गाउँपालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउने निर्णय गरेको थियो ।

तर, बेगबासीले बेगमै अस्पताल बनाउन दबाब दिएपछि रघुगंगामा अस्पताल बनाउने योजना अन्यौलता देखिएको छ ।

यता धवलागिरि गाउँपालिकामा समेत सोमबार हुने भनिएको अस्पताल शिलान्यास हुन सकेन । धवलागिरि गाउँपालिका–७ ताकममा ५ शैयाको अस्पताल निर्माण गर्ने तयारीमा रहेपनि सोही वडाको धारापानीबासीले गाउँपालिकाको केन्द्र कायम गर्दा सबै राजनीतिक दल र गाउँसभाबाट समेत गाउँपालिकाको अस्पताल धारापानीमा बनाउने सहमती र निर्णय भए बमोजिम धारापानीमै अस्पताल बनाउनुपर्ने माग गरेका कारण शिलान्यस कार्यक्रम स्थगित भएको छ ।

स्थानको विवादको कारण तत्काल अस्पताल भवनको शिलान्यास गर्न नसकिने मन्त्रालयलाई जानकारी गराईएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, म्याग्दीमा रघुगंगा र मंगलामा १० शैया तथा अन्नपूर्ण र धवलागिरिमा ५ शैयाको अस्पताल बनाउने गरि योजना छनौट गरेको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ५ : ०६ बजे

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु