१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

म्याग्दीका २ स्थानमा आधारभूत अस्पताल शिलान्यास स्थगित



बेनी । देशको ७ वटै प्रदेशको ३९४ स्थानमा आधारभूत अस्पतालको शिलान्यास भएपनि म्याग्दीको रघुगंगा र धवलागिरी गाँउपालिकामा भने अस्पताल बनाउने स्थानका बिषयमा बिवाद हुँदा आज शिलान्यास कार्यक्रम स्थगित भएको छ ।

अस्पताल बनाउने ठाउँका बारेमा विवाद सिर्जना भएपछि दुबै स्थानीय तहले तत्काल अस्पतालको शिलान्यास गर्न नसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराएका छन् ।

हरेक स्थानीय तहमा आधारभुत अस्पतालको सेवा पु(याउने संघीय सरकारको नीति अनुसार सोमबार देशभरका ३९६ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्ने सरकारले यस अघि नै घोषणा गरेको थियो ।

मन्त्रालयले बेग स्वास्थ्य चौकी विस्थापित गरी १० शैयाको अस्पताल बनाउने स्थान तोकेर पठाएको भएपनि गाउँपालिकाका बहुसंख्यकलाई अपायक पर्ने भन्ने गुनासो आएपछि रघुगंगाको कार्यपालिका बैठकले गाउँपालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउने निर्णय गरेको थियो ।

तर, बेगबासीले बेगमै अस्पताल बनाउन दबाब दिएपछि रघुगंगामा अस्पताल बनाउने योजना अन्यौलता देखिएको छ ।

यता धवलागिरि गाउँपालिकामा समेत सोमबार हुने भनिएको अस्पताल शिलान्यास हुन सकेन । धवलागिरि गाउँपालिका–७ ताकममा ५ शैयाको अस्पताल निर्माण गर्ने तयारीमा रहेपनि सोही वडाको धारापानीबासीले गाउँपालिकाको केन्द्र कायम गर्दा सबै राजनीतिक दल र गाउँसभाबाट समेत गाउँपालिकाको अस्पताल धारापानीमा बनाउने सहमती र निर्णय भए बमोजिम धारापानीमै अस्पताल बनाउनुपर्ने माग गरेका कारण शिलान्यस कार्यक्रम स्थगित भएको छ ।

स्थानको विवादको कारण तत्काल अस्पताल भवनको शिलान्यास गर्न नसकिने मन्त्रालयलाई जानकारी गराईएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, म्याग्दीमा रघुगंगा र मंगलामा १० शैया तथा अन्नपूर्ण र धवलागिरिमा ५ शैयाको अस्पताल बनाउने गरि योजना छनौट गरेको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ५ : ०६ बजे

मतदाता आकर्षित गर्न आ-आफ्नै ‘एजेन्डा’

काठमाडौं । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा

संखुवासभा-ताप्लेजुङ सीमाक्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का

निर्वाचन आउन ६ दिन बाँकी : निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले