२९ भदौ २०८३, सोमबार | September 14, 2026

भानुका जङ्गलका २५ चितुवा भेटिए



तनहुँ । तनहुँको भानु नगरपालिकाका जङ्गलमा चितुवा र आहारा प्रजाति गणना गर्न राखिएका क्यामरामा २५ चितुवाका तस्वीर कैद भएका छन् । डिभिजन वन कार्यालय तनहुँ र कास्कीको संयुक्त प्रयासमा भानु नगरपालिकाका विभिन्न वडाका जङ्गलमा राखिएका क्यामरामा ती सङ्ख्यामा चितुवाका तस्वीर कैद भएका हुन् ।

वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्वमा भानु नगरपालिका–२, ३, ४, ५ र ६ का सामुदायिक वनमा ६५ वटा क्यामरा जडान गरिएको छ । गत कात्तिक २२ गतेदेखि १५ दिनसम्म जङ्गलमा क्यामरा जडान गरिएकामा चितुवाका तस्वीर कैद भएको र उक्त तस्वीरको अध्ययन भइरहेको उनले जानकारी दिए ।

“कतिपय चितुवा दोहोरिएका छन्, चितुवाको तस्वीर हेरेर छुट्याउने काम भइरहेको छ,” उनले भने, “केही दिनभित्रै अध्ययनको प्रतिवेदन सार्वजनिक गर्छौ ।” बाइस सामुदायिक वनको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिएको थियो । यसका लागि ती सामुदायिक वनमा ३६ वटा विन्दु पहिचान गरिएको थियो । चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानुमा चितुवा गणनाले चितुवाको आहारा व्यवस्थापन गर्न सहज हुने जनाइएको छ ।

कार्यालय प्रमुख बरालका अनुसार चितुवा गणनाबाट चितुवा र आहारा प्रजातिको सङ्ख्या पत्ता लगाउन सहयोग पुग्ने र आगामी दिनमा वन्यजन्तुको बासस्थान व्यवस्थापन कसरी गर्ने भन्ने पत्ता लगाउन सहयोग पुग्छ । वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको बताए ।

जिल्लामा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्नसक्ने समयलगायतका विषयमा उपभोक्तालाई सचेतनामूलक कार्यक्रम अगाडि बढाइएको छ । “चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै हो, तर जीवजन्तु मानिसले खाइदिन थाले, चितुवाले जङ्गलमा खाना पाउँदैन अनि बस्ती छेउ आएर गाईभैंसी, बाख्रा हुँदै मानिसलाई पनि आक्रमण गर्न थालेको छ,” उनले भने, “चितुवालाई बाँच्ने अवस्था सिर्जना मानिसले गरिदिनुपर्छ ।”रासस

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  २ : २७ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा