२६ आश्विन २०८३, सोमबार | October 12, 2026

करेन्ट लागेर चितुवाको मृत्यु



चितवन । चितवनको रामपुरस्थित कृषि क्याम्पस परिसरमा रहेको विद्युत् ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा एक चितुवा मृत फेलापरेको छ । शनिबार गरिएको पोस्टमार्टमबाट चितुवाको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको हो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार करिब १० महिनाको पोथी चितुवा ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा मृत फेलापरेको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्र, सौराहाका पशु चिकित्सक एवं प्राविधिकको टोलीले चितुवाको शवको अध्ययन तथा पोस्टमार्टम गरेको थियो । केन्द्रका पशु चिकित्सक डा अमिर सडौलाका अनुसार पोस्टमार्टमबाट चितुवाको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको हो ।

गत असार साउनमा रामपुर बस्ती क्षेत्रमा बच्चासहित माउ चितुवा देखिएको थियो । त्यसपछि डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्रको पहलमा एउटा बच्चा भाले चितुवा नियन्त्रणमा लिएर अहिले संरक्षण केन्द्रमा राखिएको छ ।

गत असारदेखि विशेषगरी भरतपुर महानगरपालिका-१५ र ५ नम्बर वडामा चितुवाको चहलपहल बढेको थियो । कृषि तथा वनविज्ञान विश्वविद्यालय आसपासका झाडी तथा पोल्ट्री फार्ममा चितुवा देखिएपछि डिभिजन वन कार्यालयले नियन्त्रणका लागि सक्रियता बढाएको थियो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी पौडेलका अनुसार चितुवा नियन्त्रणका लागि दिउँसो ड्रोन उडाउने, सिसी क्यामेरा जडान गर्ने, खोर (केज) ट्रयापिङ तथा खुट्टा ट्रयापिङ (लेग ट्रयाप) प्रयोग गर्ने गरिएको छ । यस क्रममा दुईवटा बच्चामध्ये एउटालाई रामपुर नजिकैको झाडीबाट नियन्त्रणमा लिएर राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखिएको छ । माउ चितुवा भने अर्को बच्चासहित अझै बस्ती क्षेत्रमा देखिँदै आएको थियो । आज मृत फेलापरेको चितुवा यसै समूहको बच्चा हुनसक्ने सम्भावना रहेको डा सडौलाले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ७ : ४२ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : भद्रकाली र एन.के. विजयी

खजुरा । बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिताको

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ । टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही-लमही

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया । यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको