८ पुस २०८२, मंगलबार | December 23, 2025

नारायणघाट-बुटवल सडक आयोजनाका मजदुर र व्यवस्थापन पक्षबीच सहमति (पत्रसहित)



कावासाेती । नारायणघाट-बुटवल सडकखण्ड आयोजनाका मजदुर र व्यवस्थापन पक्षबीच सहमति जुटेपछि आन्दोलनरत मजदुर काममा फर्केका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकमा सहमति जुटेपछि आन्दोलनरत उनिहरु काममा फर्किएका हुन ।

बैठकमा मजदुरहरुका मागहरु एकसाता  भित्रमा सम्बोधन गर्ने सहमति भएको छ ।

न्युनतम डिउटी अवधी ८ घण्टाको हुने ८ घण्टा भन्दा वढि काम लगाएमा १.५ अर्थात डेढ गुणाका दरले प्रति घण्टा ओभर टाईमा दिने विषयमा सहमति जुटेको छ । त्यस्तै शनिबार काम गरेको ओभर टाईम पनि डेढ गुणाले दिने भएको छ ।

प्रत्येक कामदारको न्युनतम सेवा सुविधा र क्षतिपुर्ति उल्लेख गरी सम्झौता गर्ने, साईटमा काम गर्ने मजदुरलाई सुरक्षाका न्युनतम सामग्री उपलब्ध गराउने, प्रत्येक कामदारको दुर्घटना बीमा गर्ने, उपचारको व्यवस्था, परिचयपत्र दिने विषयमा सहमती पत्रमा हस्ताक्षर भएको छ । यसैगरी कामदारबाट गल्ती भएमा सुधारका लागि मौका दिनुका साथै छानविन पछि आवश्यक कारवाही हुने उल्लेख गरिएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा, प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाड, नारायणगढ–बुटवल सडक खण्ड आयोजना प्रमुख रहेश कुमार दिष्टी सहभागि थिए आयोजना । यसैगरी म्यानेजर भूमिनन्द ढकाल, ईन्जिनियर दण्डपाणि जैसी, कन्ट्रयाक्ट म्यानेजर लिन होङ्ताओ, अखिल नेपाल ट्रेड यूनियन महासंघ नवलपुरका अध्यक्ष सानुकाजी डंगोल लगायतको पनि उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ६ : २९ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना